धरान र विराटनगर जाने बाटो बन्द 

२०७८ कार्तिक २ मंगलबार
रति ८:१५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, इटहरी । सुनसरीको तरहरास्थित पानीपियामा बाढीमा फसेका छ घर परिवारलाई सुरक्षाकर्मीले उद्धार गरेको छ । 

नेपाल प्रहरी र नेपाली सेनाले ती घर परिवारका १५ जनालाई उद्धार गरेको हो । उनीहरूलाई घण्टौँ लगाएर उद्धार गरिएको इलाका प्रहरी कार्यालय तरहराका प्रहरी नायव निरीक्षक मनोज अधिकारीले जानकारी दिए ।

यस्तै, निरन्तरको वर्षाले सुनसरीको इटहरी उपमहानगरका अधिकांश क्षेत्र डुबानमा परेका छन् । इटहरीका बुढी खोला, टेङ्ग्रा खोला र खेती खोला मानव बस्तीमा पसेसँगै डुबान बनेको हो । इटहरी चोक, तरहरा, बरगाछीलगायतका स्थानमा डुबान भएको छ ।

डुबानका कारण कतिपय बस्तीमा मानिसहरू फसेका छन् । उनीहरूको उद्धार गर्ने काम भइरहेको छ । वर्षाकै कारण इटहरीदेखि धरान जाने मुख्य सडक खण्डसमेत अवरुद्ध भएको छ । त्यस्तै, इटहरीदेखि विराटनगर जोड्ने सडकमा समेत आवतजावत बन्द भएको छ ।

  • 0%
  • 13%
  • 0%
  • 26%
  • 61%
  • 0%

मिथिला बिहारीका मेयर यादवद्धारा २४० परिवारलाई न्यानो कम्बल 

  • २०७८ कार्तिक २ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिकाका मेयर अनिल कुमार यादवले शनिबार २४० परिवारलाई कम्बल वितरण गरेको छ ।  ३० औँ अन्तर्राष्ट्रिय अपांग दिवसको अवसरमा मिथिला बिहारी नगरपालिकामा २४० परिवार

पूरा पढ्नुहोस्

Bureau Menus