जानकी मन्दिर, विवाहमण्डप, स्वर्गद्धारी लगायतका धार्मिक स्थलभित्र मोबाईल, क्यामेरा बैन गर 

अझै ढिलो भएको छैनन तर ढिलो हुन गईरहेको देख्न सकिन्छ ।

२०७८ कार्तिक ३ बुधबार
बिहान ०८:३९ बजे
न्यूज ब्यूरो, डेस्क

जनकपुरधाम त्यतिकै भनिदैनन् । विश्वमै परिचित धार्मिक स्थलहरुमध्ये जनकपुर पनि एक हो । यहाँको धार्मिक स्थलहरुको विशेषताले पनि जनकपुरलाई जनकपुरधाम भनिएको हो । 

जनकपुरधामको पहिचान यहाँका धार्मिक स्थलहरु हुन् , जो की पर्यटकीय पनि छन् । देशको राजधानी काठमान्डौँस्थित रहेको विश्वप्रसिद्ध श्री पशुपतिनाथ मन्दिर मुख्य परिसरभित्र मोबाईल, क्यामेरा पूर्णतः बैन गरिएको छ । 

पशुपतिनाथ मन्दिरभित्र त्यसको लागि सुरक्षाकर्मी खटाइएको छ । मोबाईल, क्यामेरा नचलाउन र चलाउन नदिन त्यहाँ सुरक्षाकर्मी परिचालन गरिएको छ जसले २४ सै घण्टा मोबाईल, क्यामेरालाई निगरानी गरिरहेको हुन्छ । गलतीले भित्र क्योमरा वा मोबाईल चलाएपनि उसको समान जफ्त गर्ने गरिन्छ । 

जनकपुरधामको जानकी मन्दिरको अस्तित्व र सँगै रहेको विवाहमण्डप सहित स्वर्गद्धारी जस्ता धार्मिक एवम् पर्यटकीय स्थलरुमा भर्खरका किशोर किशोरीहरुले आपत्तिजनक हरकत गरिरहको भिडियो निरन्तर समाजिक सँजालमा छयापछयापी हेर्न पाईन्छ । 

जनकपुरधामको धार्मिक स्थलको मात्र होईन जहाँ पनि आफ्नो मूल्य र मान्यता हुन्छ । जानकी मन्दिरको मुख्यद्धारमा प्रवेश गर्नुअघि सबै चप्पल जुत्ता बाहिरै निकाल्नुपर्ने प्रावधान छ । विवाहमण्डपको मन्दिरमाथि चप्पल जुत्ता पूर्णतः निषेध गरिएको छ । तर, जनकपुरकै केही किशोर किशोरीहरु जो कि टिकटक प्लेटफार्ममा सक्रिय छन् उनीहरुले धार्मिक स्थलको मान मर्यादालाई धज्जिया उडाएको देख्न सकिन्छ । 

टिकटक बनाउने होडमा जानकी मन्दिर, विवाहमण्डप, स्वर्गद्धारी लगायतका स्थानमा त्यस देव स्थलको मान मर्यादालाई धज्जिया उडाएको भएपनि यहाँका सरोकारबालाहरु कोमामा जस्तै बसेका छन् । 

सोही धार्मिक स्थलको पहिचानले जनकपुरको शान रहेको छ । पहिचान गुमेपछि जनकपुरधामको शान पनि रहने छैनन् । जबसम्म मन्दिरभित्र परिसरमा मोबाईल, क्यामेरा निर्वाध चलिरहन्छ तबसम्म यस्ता गतिविधिहरुको भिडियो सार्वजनिक हुँदै रहन्छ । र यसको सम्पूर्ण जिम्मेवारी मन्दिर व्यवस्थापन समितिले लिनुपर्छ । 

अझै ढिलो भएको छैनन तर ढिलो हुन गईरहेको देख्न सकिन्छ । जानकी मन्दिरको गर्भगृहमा समेत फोटो खिच्न मनाही रहेपनि निर्वाध रुपमा मोबाईल, क्यामेरा प्रवेश पाएर जथाभावी तस्विर, भिडियोहरु खिच्ने गरिन्छ । यसले मन्दिरको गरिमालाई चुनौति मात्र होईन मन्दिरका महन्थको निकम्मपन, मन्दिर व्यवस्थापन समितिको निकम्मपनलाई साबित गरिरहेको छ । 

जानकी मन्दिरका महन्थलाई थाहा भएपनि मन्दिर व्यवस्थापन समितिलाई मन्दिरभित्र, विवहमण्डपभित्र के भइरहेको छ यसको रतिभर पनि जानकारी छैनन् । विवाहमण्डपमा टिकट काट्ने व्यक्ति लगभग अचेत अवस्थामै देखिन्छन् । उनी ५ रुपैयाँ लिएर जोकोहीलाई पनि, जस्तो सुकै अवस्थामा पनि भित्र छिर्न दिनुको परिणाम टिकटक भिडियोहरुमा देख्न सकिन्छ । 

हिजोअस्ती मात्र जनकपुरका स्वतन्त्र युवा समूहले जुत्ता चप्पल निषेध, टिकटक निषेध गरिएपनि मन्दिरको गर्भद्धारसम्म चप्पल जुत्ता लगाएर टिकटक बनाउँदै विवाहमण्डपको गरिमामाथि खेलवाड गर्दा पनि युवाहरु समेत मौन नै बसेका छन् । 

विवाहमण्डमा ईस्लामिक झण्डा लिएर टिकटक बनाउने युवकलाई कानुनी दायरामा ल्याउन सकिन्छ भने निरन्तर जानकी मन्दिर र मडवामा धार्मिक स्थलको गरिमामाथि खेलवाड गर्ने किशोर किशोरी, युवायुवति, टिकटकहरुलाई किन सकिदैन ? भनेर प्रश्न उब्जिएको छ । 

स्थानीय प्रशासन, जिल्ला प्रहरी कार्यालय धनुषा, मन्दिर व्यवस्थापन समिति र मन्दिरका महन्थले समन्वय गरी जानकी मन्दिर, विवाहमण्डप, भूतनाथ स्वर्गद्धारी लगायतका धार्मिक पर्यटकीय ठाउँम मोबाईल क्यामेरा र अश्लिल हर्कतसहितको गतिविधि पूर्णत बन्द गर्नुपर्दछ । जानकी मन्दिर र विवाहमण्डपमा कम्तीमा पनि १२ घण्टा मात्र प्रहरीको ड्युटि राखिए यस्ता गतिविधि नियन्त्रण हुन बेर लाग्दैन । 

  • 17%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 33%

NIC ASIA बैँकको ग्राहक खाताबाट डेढ लाख रुपैयाँ गायब

  • २०७८ कार्तिक ३ बुधबार

न्यूज ब्यूरो, रौतहट । एनआईसी एशिया बैंकमा खाताधारीहरुको रकम असुरक्षित देखिएको छ । एनआईसी एशिया बैंक गौर शाखाबाट एक जना खाताधारीको १ लाख ४९ हजार रुपैयाँ गायब भएपछि बैंकमा पनि जम्मा

पूरा पढ्नुहोस्

Bureau Menus