रुपन्देहीमा झडपको लागि उक्साउने साबिर अली पक्राउ, सार्वजनिक शान्ती विरुद्धको कसुरमा मुद्दा 

२०७८ कार्तिक ३ बुधबार
बिहान ०८:४९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, बुटबल । रुपन्देहीको मोतीपुर घटनाका मुख्य आरोपी साबिर अलिलाई प्रहरीले पक्राउ गरेको छ । 

कपिलबस्तुको शुद्धोधन गाउँपालिका ६ स्थायी घर भएका ४४ वर्षका साबिर बुटवल ११ देवीनगरमा डेरा गरि बस्दै आएका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

साबिरमाथि सरकारी जग्गा अतिक्रमणको लागि अरुलाई उक्साउने, टोली गठन गर्ने, जग्गा बाँडफाँड गर्ने र त्यसको नेतृत्व गर्ने जस्ता कार्य गरेको प्रहरीको आरोप छ । 

उनलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्धा चलाइएको छ ।

प्रस्तावित मोतीपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गरेर बसेकालाई हटाउने क्रममा भएको झडपमा गएको असोज २४ गते ४ जनाको ज्यान गएको थियो । 

प्रहरीसहित केही घाइते भएका थिए । घटनामा संलग्न अरुको पनि खोजी भइरहेको रुपन्देही प्रहरीका प्रवक्ता सत्यनारायण थापाले बताउनुभयो ।  

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

आज राती १२ बजेदेखि तिन दिनको लागि नेपाल भारत बोर्डर सील

  • २०७८ कार्तिक ३ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  आगामी  १५ वैशाखमा हुने उपनिर्वाचनलाई लक्षित गरेर नेपाल सरकारले आज (बुधबार) राति १२ बजेदेखि ७२ घण्टाका लागि नेपाल भारत सीमा क्षेत्रमा पर्ने इलाम जिल्लाको सबै सीमा

पूरा पढ्नुहोस्

Bureau Menus