कोशीमा बज्यो खतराको साईरन, ४२ वटा ढोका खोलियो 

२०७८ कार्तिक ३ बुधबार
बिहान ०९:०४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ र प्रदेश नम्बर १ को सीमाको रुपमा रहेको सप्तकोशी (कोशी) नदीमा पानीको बहाब उच्च भएको छ । 

कोशी ब्यारेज कन्ट्रोल शाखाका अनुसार, बिहान ९ बजेसम्म कोशीमा पानीको बहाब २ लाख ६६ हजार ६०० क्यूसेक रहेको छ । यो पानीको बहाब खतराको स्तह मानिएको हो । 

४ दिनदेखि परेको अबिरल बर्षाका कारण कोशी नदीमा पानीको बहाब बुधबार बिहान उच्च भएको हो । सोही क्रममा कोशी ब्यारेजको ५६ ढोका (फाटक) मध्ये बुधबार बिहान ४२ वटा ढोका खोलिएको कोशी ब्यारेज कन्ट्रोल सेन्टरले जनाएको छ । 

कोशीमा पानीको बहाब बढेसँगै आसपासको क्षेत्रमा सुरक्षा अलर्ट समेत जारी गरिएको बताइएको छ । अबिरल बर्षाका कारण अन्य विभिन्न नदीहरुमा बाढी आएको बताइएको छ । किसानहरुलाई यस बर्षाले अधिक पीडा भएको छ । 

  • 0%
  • 0%
  • 2%
  • 0%
  • 98%
  • 0%

भारतीय ह्याकरद्धारा संघीय सँसदको वेभसाइट ह्याक, लेख्यो -'Stop Supporting China'

  • २०७८ कार्तिक ३ बुधबार

न्यूज ब्यरो, जनकपुरधाम ।  पछिल्लो समय निरन्तरजसो भैरहेको संघीय संसदको वेबसाइट डाउन र ह्याक हुने समस्या अझै हल हुन सकेको छैन । संसद्को वेभसाइटमा निरन्तर ह्याकरले पहुँच पु¥याइरहेका छन् । बिहीबार

पूरा पढ्नुहोस्

Bureau Menus