जनकपुरको काव्या हस्पिटल अगाडीबाटै मोटरसाईकल बेपत्ता 

२०७८ कार्तिक ३ बुधबार
बिहान १०:२३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित रहेको काव्या हस्पिटलको अगाडीबाटै एक जनाको मोटरसाईकल चोरी भएको छ । 

मँगलबार बिहान जनकपुरस्थित रहेको काव्या हस्पिटलको अगाडी पार्क गरि राखिएको मोटरसाईल चोरी भएको हो । मोटरसाईकल स्टेण्ड गरी हस्पिटलमा आफन्तको उपचारको लागि गएपछि मोटरसाईकल चोरी भएको हो । 

मोटरसाईकल चोरी गर्ने चोरको मुखडा समेत सिसिटिभी क्यामेरामा देखिएको छ । यद्यपी, स्थानीय प्रहरीलाई जानकारी गराउँदा पनि प्रहरीले कुनै चासो नलिएको गाडी धनी साकिर हुसैनले जानकारी दिए । 

मगँलबार बिहान ज ८ प ८६०७ नम्बरको मोटरसाईकल हस्पिटल अगाडी पार्किङमा राखेर हस्पिटल छिरे लगत्तै मोटरसाईकल चोरी भएको हुसैनले जानकारी दिए । 

सिसिटिभीमा देखिए अनुसार, चोरी गर्ने युवकले मोटरसाईलको स्टार्टअपको तारलाई सर्ट सर्किट गरेर स्टार्ट गरी चोरेका छन् । 

  • 0%
  • 0%
  • 0%
  • 50%
  • 0%
  • 50%

बिदेशबाट यी समानहरु ल्याउँदा भन्सार लाग्ने, सुन जफत गरिने

  • २०७८ कार्तिक ३ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । विदेशबाट नेपाल फर्कने नेपालीहरुले अरु कसैको समान बोकेर ल्याउँदा विमानस्थलमा समस्या उत्पन्न भएपछि समान यकिन गरी मात्र ल्याउन अनुरोध गरिएको छ ।  त्रिभुवन विमानस्थल भन्सार कार्यालयले एक

पूरा पढ्नुहोस्

Bureau Menus