जनकपुरको गिरिजा 3D सिनेमाले भारत र पाकिस्तानको म्याच ठुलो पर्दामा लाईभ देखाउने

२०७८ कार्तिक ६ शनिबार
बिहान ११:०८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामस्थित रहेको चर्चित गिरिजा चलचित्र मन्दिर (गिरिजा सिनेमा हल) ले भोली आईतबार हुने भारत–पाकिस्तानबीचको क्रिकेट म्याच लाईभ देखाउने भएको छ । 

क्रिकेटका अनुयायीहरुको सेवा सुविधालाई मध्यनजर गर्दै गिरिजा सिनेमा हलले भारत र पाकिस्तानबीचको क्रिकेट गेम ठुलो पर्दाबाट देखाउने भएको छ । 

भोली अक्टोबर २४ तारिख (कार्तिक ६ गते आईतबार) भारत पाकिस्तानको म्याच ठुलो पर्दामा देखाउने भएको छ । यसको लागि जनकपुर र आसपासका क्षेत्रमा रहेका क्रिकेटका फ्यानहरुले ठुलो पर्दामा रोज्ने विश्वास लिएका छन् । 

जनकपुरको सिनेमा हलहरुमध्ये उत्तम पिक्चर क्वालीटि दाबी गरेको गिरिजा सिनेमा हलले मोबाईलबाटै पनि टिकट बुकिँग  गर्न सकिने जनाएको छ । यसअिघ आईपिएलको लाईभ देखाएको थियो । आईपिएलको क्रममा दर्शकहरुले सिट समेत पाउन सकेको थिएनन् । 

भारत पाकिस्तानबीचको फाईनल गेम र सपोर्टरहरुको उत्साहलाई कम हुन नदिनको लागि डोल्बी डिजिटल साउण्ड सहित ठुलो पर्दामा म्याच देखाउने भएको छ । 

एकजनाले टिकटको लागि रु. १५० रुपैयाँ तिर्नुपर्ने छ । टिकट बुकिँगको लागि 9801670700 नम्बरमा सम्पर्क गर्न सकिने बताइएको छ । 

म्याच आईनतबार बेलुकी ७ः४५ बजेदेखि सुरु हुने जनाउँदै टिकटको लागि आफ्नो सिट सुरक्षित गर्न अपिल समेत सिनेमाले गरेको हो । १० वटा टिकट किन्दा १ टिकट बिल्कुल फ्रि मा दिने सिनेमाले जनाएको छ । 

  • 18%
  • 9%
  • 0%
  • 0%
  • 0%
  • 0%

मल्लिक पंजीकार समूह काठमान्डौँमा सम्मानित

  • २०७८ कार्तिक ६ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । कर्ण कायश्थ जातको जातीय समूह मल्लिक पंजीकार समूह काठमान्डौँमा सम्मानित भएको छ ।  नेपाल चित्रगुप्त समाज काठमान्डौँ, चित्रगुप्त एवंम सँस्कृति कार्यक्रममा सहभागीता जनाएको समाजले उत्तम प्रस्तुति दिएको

पूरा पढ्नुहोस्

Bureau Menus