शहिदनगरको सबै वडामा ह्वीलचेयर, बैशाखी र ब्लाइन्ड स्टीक वितरण 

२०७८ कार्तिक १० बुधबार
बिहान ०९:४१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगरमा अपाँगता (फरक क्षमता भएको व्यक्ति) भएकालाई सहजता स्वरुप समाग्रीहरु वितरण गरिएको छ । 

शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) को विशेष उपस्थितिमा नगरपालिकाको सबै वडामा फरक क्षमता भएका व्यक्तिहरुको लागि फरक समाग्रीहरु प्रदान गरिएको हो । 

सो क्रममा प्रत्येक वडामा दुई÷दुई जना पूर्ण अशक्त (अपाँगता) भएका व्यक्तिलाई सहजताको लागि ह्वीलचेयर प्रदान गरिएको छ । १ देखि ९ वडासम्म प्रत्येक वडामा दुई दुई जना गरी समाग्री वितरण गरिएको हो । 

नगरपालिकाको समाजिक सुरक्षा शाखाका विष्णुदेव यादवका अनुसार, पूर्ण अशक्त भएका व्यक्तिलाई ह्वीलचेयर सहित दुई दुई जनालाई बैशाखी र दृष्टिविहिनहरुलाई ब्लाईन्ड स्टीक वितरण गरिएको हो । 

सम्बन्धित वडाध्यक्षहरुको रोहबरमा सिफारिस गरिएको फरक क्षमताका व्यक्तिहरुको लागि सो समाग्री वितरण गरिएको नगर प्रमुख बरबरियाले जानकारी दिए । 

फरक क्षमता भएका व्यक्तिहरुको लागि सहजता हेतु समाग्री प्रदान गरिएपछि उनीहरुमा नयाँ उत्साह समेत पलाएको छ । दैनिक जीवनयापनको लागि केही हदसम्म कठिनाई कम हुने विश्वास लिएको हो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

अधिकृत यादवले जाली साइन गरेको खुलासा, एउटै पालिकामा दुई अधिकृत ?

  • २०७८ कार्तिक १० बुधबार

न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले जाली कागजात खडा गरेको पाइएको छ ।  महोतरी जिल्लाको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत संजय बाबु

पूरा पढ्नुहोस्

Bureau Menus