सुपर स्टार पुनितको मृत्यूपछि उनका तीन फ्यान शोकले मरे 

रिपोर्टका अनुसार अर्का एक फ्यानले अभिनेताको निधनको खबर आउनासाथ बेलगावीको अथानी गाउँमा आत्महत्या गरेका छन् ।

२०७८ कार्तिक १३ शनिबार
बेलुकी ६:३७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, भारत  । कन्नड सुपरस्टार पुनित राजकुमारको अन्तिम संस्कार भोलि गरिने भएको छ ।

पुनितकी छोरी वंदिता अमेरिकाबाट आज भारत आइपुग्नेछिन् । वन्दितालाई दिल्लीबाट बैंगलुरु पुर्याउनको लागि राज्य प्रशासनले विशेष विमानको व्यवस्था गरेको छ ।

पुनितको मृत्युको शोक फ्यानहरुले झेल्न सकिरहेका छैनन् । कर्नाटकको चामराजनगर जिल्लाको हनुर तालुकाको मारो गाउँमा ३० वर्षका एक फ्यानलाई खबर सुन्नासाथ हृदयाघात भयो र उनको घटनास्थलमै मृत्यु भयो । 

मृतकको नाम मुनियप्पा हो पो किसान थिए । बेलगावीको शिंदोली गाउँमा अर्का फ्यानको मृत्यु पनि हृदयाघातका कारण भयो । 

रिपोर्टका अनुसार अर्का एक फ्यानले अभिनेताको निधनको खबर आउनासाथ बेलगावीको अथानी गाउँमा आत्महत्या गरेका छन् ।

  • 25%
  • 0%
  • 25%
  • 0%
  • 25%
  • 25%

'जनकपुरको देवपुरा रुपैठामा मुस्लिमहरुले छठ व्रतालुसँग प्रत्येक वर्ष निहुँ खोज्छन्' (भिडियोसहित)

  • २०७८ कार्तिक १३ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामको देवपुरा रुपैठास्थित त्यहाँको मुस्लिम समुदायका व्यक्तिहरुले प्रत्येक वर्ष छठ व्रतालुसँग झगडाको निहुँ खोजेको आरोप लगाइएको छ ।  जनकपुरधाम उपमहानगरपालिका वडा

पूरा पढ्नुहोस्

Bureau Menus