मिथिला विहारी नगरपालिकामा दोस्रो मेयरकप प्रतिगिता शुरु 

२०७८ कार्तिक १७ बुधबार
बिहान १०:०१ बजे
विनय कुमार यादव

न्युज ब्युरो, जनकपुरधाम । धनुषाको मिथिलाबिहारी नगरपालिकास्थित दोस्रो मेयरकप प्रतियोगिता मँगलबारदेखि सुरु भएको छ । 

मिथिला बिहारी नगरपालिका वडा नम्बर ४ रमौलस्थित दोस्रो मेयरकप फुटबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगितालाई उदघाटन गर्दै नगरपालिकाका मेयर अनिल कुमार यादवले खेलकुद अनुशासनको सब भन्दाठुलो पाठशाला रहेको बताए । 

उनले गतवर्ष पनि प्रथम मेयर कप गराउँदा यहाँका खेलाडीहरुमा देखिएको उत्साह र अनुशासन प्रशँसनीय रहेको बताए । खेलकूद आपसी सदभावको बाटो पनि भएको बताए । 

प्रतियोगितामा प्रथम पुरुस्कार ५५ हजार रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्र र  दोस्रो पुरुस्कार समूहले नगद राशी साथमा मेडल र प्रमाण पत्र पाउने छ  ।

प्रतियोगितामा उत्कृष्ठ खेलाडी, उत्कृष्ठ गोल रक्षक, उत्कृष्ठ डिफेन्डर, अनुशासित प्रतियोगी समुह र सर्वाधिक गोलकर्तालाई पनि विशेष पुरस्कारको ब्यवस्था गरिएको।

पहिलो खेल गणेशमान चारनाथ क्लव र मिथिला क्लवको बिच भएको थियो । फाईनल खेल २३ गते हुने आयोजक समितिले जनाएको छ । 

सो कार्यक्रममा युवा नेता जंग बहादुर यादव , मेला समितिका अध्यक्ष , स्थानीय जनप्रतिनिधि पत्रकार लगायतका उपस्थित रहेको थियो ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Bureau Menus

} }