हुन्छ कारवाही ?

घुमुवा प्रहरीले तस्करलाई सघाएको आरोप

तस्करहरु सँग उठाइएको रुपैया हवलदार राम एक्लै भने राख्दैन उठेको रुपैया हिस्सा लगाउने गर्छन् ।

२०७८ कार्तिक २० शनिबार
बिहान ०८:०१ बजे
सुरेन्द्र कुमार यादव

न्यूज ब्यूरो, जनकपुरधाम ।  गोप्य सूचना संकलन र आपराधिक गतिविधि नियन्त्रण गर्ने उदेश्यले सदा पोसाकमा प्रहरी परिचालन गरिएको हुन्छ । त्यसलाई चलनचल्तीको भाषामा घुमुवा प्रहरी भनिन्छ । तर घुमुवा प्रहरीले संगठनको उदेश्य बिपरित तस्करसँग महिनवारी असुली धन्दामा लागेको पाईन्छ ।

विशेषगरी नेपाल भारत सिमाना नजिक रहेका ईलाका प्रहरी,प्रहरी चौकीका इन्चार्जले आफ्नो विश्वास पात्रलाई घुमुवा प्रहरी बनाएर सिमानाकामा चोरी, तस्करी गर्ने तस्करसँग पैसा असुलीमा खटाउने गरेका छन् ।

त्यस्तै, महिनाबारी असुलीमा खटिएकाहरु मध्येका एक हुन् –धनुषाको ईलाका प्रहरी कार्यलय औरहीमा कार्यरत प्रहरी हवलदार रामकिशोर राम । 

उनी औरहीमा विगत सात सालदेखि बस्दै आएका छन् । यो सात सालको अवधिमा १०/१२ जना प्रहरी इन्चार्ज आएगए पनि हवलदार राम भले त्यहाँबाट हल्लिएको छैनन् ।

प्रायः प्रहरी संगठनमा ८/९ महिनामा एक ठाउँबाट अर्को ठाउँमा पठाइरहेको हुन्छन् । तर उनी सात सालदेखि एकै ठाउँमा कसरी बस्दै आएका छन भने प्रश्न खडा भएको छ ।

सामान्य अर्थमा बुझ्ने हो भने उनी आफू काम गर्ने कार्यलय प्रमुख  देखि लिएर जिल्लाको एसपी सम्म पैसा पुर्‍याएको भरमा यति लामोसमयसम्म एकै ठाउँमा बस्न सहज भएको हो ।

तस्करहरुलाई ईलाका प्रहरी कार्यलय औरहीको सिमा कटाउने बापत तस्करसँग महिनाको लाखौं रुपैयाँँ उठाउने गरेका छन् । हवलदार रामबाट लाइन पाउने तस्करहरु हुन् ।

इठहरवा घर भएका कपडा ब्यापारी बरतुलिया मियाँ जो सँग महिनाको ३० हजार, धनुषा मौहुवा घर भएका कपडा ब्यापारी संजय गिरी सँग २० हजार, महुवाकै कापडा ब्यापारी संमतुला मियाँ सँग महिनाको २५ हजार उठाउने गरेका छन् ।

धनुषाको पुर्वी भेग भारतको सिमा नजिक रहेका दुहबी नाकामा बसेर तस्करी गराएरै नाम कमाएका “चाची” भनिने राजीव महासेठ्ठको आमाबाट महिनाको ५० हजार लिने गरेका छन् । 

तस्करीको लाइन पाउने व्यापारीहरूमा धनुषाको तारापटी बस्ने सुरेश साह नामको व्यापारीले धनुषाको महिनाथपुर ,दुबही, इटहर्वा, तरही नाकाबाट कपडा, स्याउ, मरिच, हाडवेयर ,सुर्ती, पान पराग जस्ता लाइन पाएका छन् । त्यस बापत उनीसँग महिनाको ५० हजार लिदै गरेका छन् ।

त्यस्तै, नेपालबाट गाइ भारत पुर्‍याउने  र भारतबाट  रंगाभैसीं नेपाल ल्याउने ब्यापारीसँग पैसा उठाउने गरेका छन् । 

उनले गाई भैंसी ब्यापारीहरु मध्ये लाइन पाएका तस्करहरु हुन् सबैला नगरपालिका खरयानीका तम्मना राइन,अल्लाहऊदिन राइन,रोहित राइन,रोजित राइन हारुण राइन यिनैहरुसँग  जनही महिनाको  २५ हजार लिने गरेका छन् ।

स्रोतका अनुसार तस्करहरु सँग उठाइएको रुपैया हवलदार राम एक्लै भने राख्दैन उठेको रुपैया हिस्सा लगाउने गर्छन् । इलाका कार्यलय प्रमुख हुँदै जिल्लाको एसपीसम्मको लागि भाग छुट्ट्याउनुपर्छ ।

अहिले भर्खरै केहीदिनअघि धनुषा प्रहरी प्रमुखमा बसन्त रजौरे कार्यभार सम्हालेका छन् । आफ्नो कार्यसम्पादन कडा र स्वच्छ रुपले गर्दै आएको नेपाल प्रहरीमा उनको छवी पनि स्वच्छ मानिन्छ । 

  • 0%
  • 0%
  • 5%
  • 0%
  • 0%
  • 74%

व्यवसायी, रोजगारी र उद्योगको दिगो विकासका लागि पूल भएर काम गर्छु : उमेदवार साह

  • २०७८ कार्तिक २० शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । आगामी चैत्त २८ गते जनकपुरमा हुने जनकपुरधाम उद्योग वाणिज्य संघको चुनावको तयारी तीव्र रुपमा गरिएको छ । जनकपुरका व्यावसायी, व्यापारीहरु अहिलेदेखि नै चुनावको तैयारीमा जुटेका छन् ।

पूरा पढ्नुहोस्

Bureau Menus