'जनकपुरको देवपुरा रुपैठामा मुस्लिमहरुले छठ व्रतालुसँग प्रत्येक वर्ष निहुँ खोज्छन्' (भिडियोसहित)

धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बन्धु प्रसाद वास्तोलाले आज दुवै पक्षलाई बोलाएर यथार्थ के रहेको बारे बुझ्ने

२०७८ कार्तिक २६ शुक्रबार
बिहान ०७:३५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामको देवपुरा रुपैठास्थित त्यहाँको मुस्लिम समुदायका व्यक्तिहरुले प्रत्येक वर्ष छठ व्रतालुसँग झगडाको निहुँ खोजेको आरोप लगाइएको छ । 

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० देवपुरा रुपैठास्थित रहेको एक सार्वजनिक पोखरीमा हिन्दु धर्मावलम्बीहरुले छठ घाट बनाउन जाँदा मात्र प्रत्येक वर्ष केही उच्छृँगल व्यक्तिहरुले झगडाको निहुँ खोजेको बताइएको छ । 

वडा नं. २० का वडाध्यक्ष भोगेन्द्र झाले न्यूज ब्यूरोसँग कुराकानी गर्दै प्रत्येक वर्ष छठ घाट सिँगार गर्न जाँदा मुस्लिम समुदायका केही व्यक्तिहरुले बलपूर्वक झगडा गर्न खोजेको आरोप लगाएका छन् । गत वर्ष पनि तिहार (दिपावली) को बेला मुस्लिम समुदायका केही उच्छृँगल व्यक्तिहरुले घाटको लागि अवरोध गरेपछि दुईतर्फी झडप भएको थियो । 

यस वर्षपनि छठको एक दिन अगाडी हिन्दु धर्मावलम्बीहरुले सोही सार्वजनिक पोखरीमा घाट निर्माणको लागि जाँदा मुस्लिम समुदायका युवकहरुले उनीहरुलाई अवरोध पुरयाएका थिए । घाट निर्माणमा अवरोध पुर्याएपछि आक्रोसित युवकहरुले उनीहरुलाई लखेटेपछि झडपको स्थिति सृजना भएको थियो । 

सोही दिन हिन्दु समुदायका व्यत्तिहरुले भगवा झण्डा लिएर धार्मिक यात्रा निकालेपछि यात्रामा समेत उनीहरुले अवरोध पुर्याउने प्रयास गरेका थिए । धार्मिक रयालीमा मुस्लिम समुदायका व्यक्तिहरुले घरबाट भाला, बर्छी, लाठी लिएर रयालीलाई अवरोध गरी आक्रमण गर्न खोजेको आरोप वडाध्यक्ष झाले लगाए । 

त्यहाँस्थित रहेको सार्वजनिक पोखरीलाई एक तर्फबाट हिन्दु समुदायका व्यक्तिहरु माटो पुरेका छन् भने अर्का तर्फबाट मुस्लिम समुदायका व्यक्तिहरुले समेत पोखरीमा माटो पुरेर कब्जा जमाएको बताइएको छ । 

सुरुमा एक तर्फ मुस्लिम समुदायहरुले दाहा राखेपनि अहिले दाहा हटाएर त्यहाँ मुर्गा मासुको पसल सँचालन गरेका छन् । सोही स्थानमा प्रत्येक वर्ष हिन्दु समुदायले लोक र आस्थाको पर्व मानिने छठ घाट बनाउँछन् । सोही घाट नजिकै उनीहरुले बलपूर्वक मासुको पसल सँचालन गरी कुखुराको प्वाँख जथाभावी फालेर घाटसम्म पुरयाएपछि दुईतर्फी झडप भएको थियो । 

हिन्दु समुदायका युवकहरुले कमसेकम छठ पर्वमा समेत यसलाई बन्द गरी निष्ठा पूर्वक छठ पर्व मनाउन दिन आग्रह गरेपनि मुस्लिम समुदायका केही उच्छृँगल व्यक्तिहरुले बलपूर्वक यहाँ मासु बेच्ने र कसले के गर्ने भनेर चुनौति दिएपछि झडपको स्थिति सृजना भएको थियो । 

यस विवादमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहलाई दोषी करार वडाध्यक्ष झाले दिएका छन् । उनले सार्वजनिक पोखरी नगरपालिकाको अधिनमा रहेपनि व्यवस्थापन गर्न नसक्दा प्रत्येक वर्ष यस्तो स्थिति सृजना भएको आरोप लगाए । 

एउटै सार्वजनिक पोखरीमा दुई समुदायले कब्जा जमाएपछि नगरपालिकाले त्यहाँबाट फिर्ता गरी व्यवस्थापन नगरेसम्म प्रत्येक वर्ष यस्तै स्थिति सृजना हुने वडाध्यक्ष झाले बताए । 

यता, धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बन्धु प्रसाद वास्तोलाले आज दुवै पक्षलाई बोलाएर यथार्थ के रहेको बारे बुझ्ने बताए । उनले समेत नगरपालिकाको अधिनमा रहेको सार्वजनिक पोखरीमा दुई समुदायवीच झगडा हुने गरेको बताए । 

  • 1%
  • 0%
  • 1%
  • 0%
  • 2%
  • 90%

जनकपुरमै पहिलो पटक नैना हस्पिटलमा दुरबिनबाट महिलाको अप्रेशन गर्ने

  • २०७८ कार्तिक २६ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित सँचालनमा रहेको चर्चित डाक्टर वृजमोहन रजकको नैना हस्पिटलमा दुरबिन माध्यमबाट महिलाको अप्रेशन गर्ने भएको छ ।  जनकपुरको रामानन्दचोकस्थित रहेको नैना हस्पिटलमा हुने दुरबिन प्रविधि जनकपुरमै पहिलो

पूरा पढ्नुहोस्

Bureau Menus