लालु प्रसाद यादवकी बुहारी साबित्री देवी भारी मतले हारिन

२०७८ कार्तिक २९ सोमबार
बिहान १०:०० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, भारत । छिमेकी मुलुक भारतको बिहार राज्यस्थित भएको पँचायत चुनावमा राष्ट्रिय जनता दल (राजद) का सुप्रिमो लालु प्रसाद यादवकी बुहारी (पुतौह) भारी मतले हारेकी छन् । 

बिहार राज्यको गोपालगँज जिल्लाको फुलबरिया पँचायतबाट मुखिया पदको लागि भाग्य आजमाएकी लालु यादवकी बुहारी सावित्री देवी यादव भारी मतले हारेकी हुन् । 

उनको हारसँगै उनको ग्रामको मुखिया बन्ने सपना पनि पुरा हुन सकेनन् । त्यहाँ सावित्री देवी हारेपछि उनका समर्थकहरुमा मौनता छाएको छ । 

असलमा, राजद सुप्रिमो लालु प्रसाद यादवको ठुला दाई मँगरु यादव (मृत्यू भएको) को छोरा रामानन्द यादवकी श्रीमति सावित्रि देवीले ग्राम पँचायत राज फुलबरियामा मुखिया पदको लागि आफ्नो उम्मेदवारी दर्ता गराएकी थिइन् । पँचायतमा लगातार अभियान पनि चलाएको थियो । 

सो क्रममा उनी प्रचार प्रसार पनि जोडतोड गरेको थियो । तर, यत्रो प्रचारवाजीको बाबजुद पनि उनी हारेपछि उनका समर्थकहरु आईतबारदेखि नै मौन बसेका छन् । 

सावित्री देवीलाई त्यहाँका जनताहरुले नकारेर त्यहीबाट लडेका अल्ताफ हुसैनलाई जिताएको छ । मुखिया पदको लागि फुलबरियाबाट हुसैनलाई भोट दिएर जनताहरुले जिताएको हो । 

सो ग्राम पँचायतमा अल्ताफ हुसैनले १७६८ भोँट प्राप्त गरेर विजयी भएका हुन् । जहाँकी सावित्री देवीलाई मात्र ७०१ भोँट प्राप्त भयो । हुसैनले ल्याएको कुल भोँटको आधा भोँट कम ल्याएर उनी पराजित भएकी हुन् । उनी चौथो नम्बरमा आएकी हुन् । 

  • 0%
  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरमा मेयर कप टी–२० क्रिकेट हुँदै, जित्नेलाई अढाई लाख रुपैयाँ पुरस्कार

  • २०७८ कार्तिक २९ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  जनकपुरमा भोली शनिबारदेखि मेयर कप टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।  जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा शनिबारदेखि सुरु हुने क्रिकेट प्रतियोगितामा मधेश प्रदेशको ८ वटै जिल्लाका खेलाडीहरुले भाग

पूरा पढ्नुहोस्

Bureau Menus

} }