प्रदेश २ का वनमन्त्री राय पदबाट हटाइए 

२०७८ कार्तिक ३० मंगलबार
बेलुकी ५:४२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश राय पदमुक्त भएका छन् ।

मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (ख) बमोजिम उनलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पदमुक्त गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयका उपसचिव होमप्रसाद घिमिरेले बुधबार दिउँसो करिब २ बजे मन्त्रीलाई पदमुक्त गरिएको पत्र प्रदेश प्रमुखको कार्यालयलाई प्राप्त भएको जानकारी दिए । 

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई प्रदेश सरकारमा सामेल गराउन रायलाई बर्खास्त गरिएको हो ।

तत्काललाई उद्योग, पर्यटन तथा वन मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री राउतले नै सम्हाल्ने छन् । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सांसदलाई मन्त्री बनाउने सहमतिमा मुख्यमन्त्री राउतले रायलाई सरकारबाट फिर्ता बोलाएको बुझिएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

काँग्रेसको प्रदेश २ सभापतिमा कृष्णा यादवको पनि उम्मेदवारी, रामसरोज यादवसँग टक्कर

  • २०७८ कार्तिक ३० मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली कांग्रेसका नेता कृष्णा यादव प्रदेश २ को सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।  कांग्रेसको प्रदेश महाधिवेशन अन्यौलमा परेको बेला यादवले जनकपुरमा पत्रकार सम्मेलन गरी सभापतिकालागि उम्मेदवारी

पूरा पढ्नुहोस्

Bureau Menus