जनकपुरः प्रचण्ड आउने भएपछि सार्वजनिक विदाको घोषणा 

नगर प्रमुख अशोककुमार मण्डलले सूचना निकालेर प्रचण्ड प्रमुख अतिथि हुने कार्यक्रमका लागि सार्वजनिक बिदा दिएका छन्।

२०७८ मङ्सिर १ बुधबार
बिहान ०७:३२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथि भएर आउने कार्यक्रमका लागि नगरपालिकाले सार्वजनिक बिदा नै दिएको छ।

महोत्तरीको रामगोपालपुर नगरपालिकाले आज सार्वजनिक बिदा दिएको हो। प्रचण्डले आज आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

प्रचण्डले वडा नम्बर २, ३, ४, ५, ६, ७, ८, ९ आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन गर्ने कार्यक्रम रहेको नगरपालिकाले जनाएको छ।

रामगोपालपुर प्राथमिक स्वास्थ्य केन्द्र रामगोपालपुर ५ मा कार्यक्रम गरेर संयुक्त रूपमा यी सबै केन्द्रहरू उद्घाटन गरिने भएको छ।

नगरपालिकाले मंगलबार सूचना निकालेर एक दिनका लागि सार्वजनिक बिदा दिने जानकारी गराएको छ।

नगर प्रमुख अशोककुमार मण्डलले सूचना निकालेर प्रचण्ड प्रमुख अतिथि हुने कार्यक्रमका लागि सार्वजनिक बिदा दिएका छन्।

सूचना अनुसार प्रचण्ड बुधबार नै आउने भएपछि सो स्थानहरुमा आज सार्वजनिक विदा दिएको हो । प्रचण्डको कार्यक्रममा नागरिक जुटाउनको लागि सार्वजनिक विदा सहित सबैमा उपस्थितिको लागि पनि आग्रह गरिएको छ । 

  • 4%
  • 4%
  • 4%
  • 8%
  • 4%
  • 77%

सिरहा लहानका किसानले फलाए बैगनी र पहेँलो काउली, स्वाद मस्त 

  • २०७८ मङ्सिर १ बुधबार

न्यूज ब्यूरो, सिरहा । सिरहाका एक किसानले फरक स्वाद र फरक रँगको काउली फलाउन सफल भएका छन् ।  सिरहाको लहान नगरपालिका वडा नम्बर २४ माणिक दह झुटकी टोल बस्ने किसान रतन

पूरा पढ्नुहोस्

Bureau Menus