कमला स्नानको लागि गएका एक युवकको डुबेर मृत्यू, २ जना अस्पताल भर्ना

२०७८ मङ्सिर ३ शुक्रबार
बेलुकी ६:४६ बजे
न्यूज ब्यूरो, डेस्क
साँकेतिक तस्विर

न्यूज ब्यूरो, जनकपुरधाम । कमला नदीमा पूर्णिमा स्नानको लागि कमला नदीमा नुहाउन गएका एक युवकको डुबेर मृत्यू भएको छ । 

प्रदेश नम्बर २ को सिराहाका जिल्लाको कर्जन्हा नगरपालिका वडा नम्बर १ उत्तराहनीस्थित कमला नदीमा डुबेर युवकको मृत्यू भएको । 

शुक्रबार बिहानै कमला स्नानको लागि गएका बागमति प्रदेशको सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नम्बर ५ बस्ने ३५ वर्षीय प्रदीप राय क्षेत्रीको डुबेर मृत्यू भएको प्रहरीले जनाएको छ । 

ईलाका प्रहरी कार्यालय बन्दीपुरका प्रहरी नायब निरीक्षकले पुरुषोत्तम सुवेदीका अनुसार, कमला नदीमा स्नान गर्ने क्रममा उनको डुबेर मृत्यू भएको हो । 

कार्तिक पूर्णिमा नुहाउन कमला नदी आएका क्षेत्रीको शुक्रबार बिहान डुबेर मृत्यु भएको छ । मेलास्थल सुरक्षार्थ बन्दिपुरबाट खटिएका सुरक्षाकर्मीले स्थानीयको सहयोगमा क्षेत्रीको शवलाई पानीबाट बाहिर निकालेर पोष्टमार्टमको लागि अस्पताल पठाएको जनाएको छ । 

सोही क्रममा कमला नदीमै स्नानको लागि गएका दुई युवक डुबेर अस्पताल भर्ना भएको छ । छिमेकी मुलुक भारतको बिहार राज्य जयनगरस्थित कमला नदीमा नुहाउने क्रममा दुई युवक डुबेका थिए । 

नेपाल भारतको सीमामै रहेको कमला नदीमा बिहानै स्नान गर्न गएका दुई युवक डुबेपछि श्रद्धालुहरुले उनीहरुलाई उद्धार गरी अस्पताल पुरयाएको थियो । पानीमा डुब्दा उनीहरु बे होस भएका थिए । 

विहिबार दिउँसो मात्र कमला स्नानको लागि जाँदै गरेको ट्राक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यू सहित २० जना घाईते भएका थिए । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%

पूर्व राज्यमन्त्री मण्डलद्धारा सरकारी समानको बरबुझारथ भइसकेको छः मन्त्रालय

  • २०७८ मङ्सिर ३ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ का पूर्व उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री सुरेश मण्डल पदच्युत हुने वित्तिकै सबै समानको बरबुझारथ गरिदिएको जनाएको छ ।  न्यूज ब्यूरोमा बुधबार विहान

पूरा पढ्नुहोस्

Bureau Menus