यादवसँग सम्बन्ध सुधारको लागि सीधा मधेश भवनभित्र छिरे नीधि

शनिवार उप–सभापति निधि र मन्त्रि यादव विच थप छलफल हुने जनाइएको छ ।

२०७८ मङ्सिर ४ शनिबार
बिहान ०८:०९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेसका उप–सभापति विमलेन्द्र निधि र प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादव विच सुलहकालागि शुक्रवार संगै डिनर गरेका छन् ।

शुक्रवार काठमाण्डुवाट जनकपुरधाम पुगेका उप–सभापति निधि जनकपुरधाम विमान स्थलवाट सिधा मधेश भवन भित्र रहेका मन्त्री यादवको क्वाटरमा पुगेका थिए । 

केही दिन यता उप–सभापति निधि र मन्त्री यादव विच सम्वन्ध चिसिएको छ । 

सभापतिको आकांक्षि उप–सभापति निधिले पार्टीको महाधिवेशनकालागि जारी काँग्रेसको अधिवेशनका क्रममा वडा अधिवेशनमा निधिका उम्मेदवारलाई भारि संख्यामा पराजित गरेपछि निधि शुक्रवार जनकपुरधाम आएर यादव संग सम्वन्ध सुधार गर्न लागेको हो । 

शनिवार उप–सभापति निधि र मन्त्रि यादव विच थप छलफल हुने जनाइएको छ ।


जनकपुरटुडेमा समाचार छ। 

  • 1%
  • 66%
  • 0%
  • 32%
  • 0%
  • 0%

न्यूज ब्यूरोका कार्यकारी सम्पादक यादवको मृत्यू शंकास्पद, CIB जाँच गर

  • २०७८ मङ्सिर ४ शनिबार

न्यूज ब्यूरो नेपालका कार्यकारी सम्पादक विनय कुमार यादवको मृत्यू र घटनास्थलको दृश्याँकनले दर्जनौ शंका उत्पन्न भएको छ । मोटरसाईकल दुर्घटना भनिएको सो ठाउँको प्रकृति हेर्दा दुर्घटना जस्तो केही देखिदैनन् ।

पूरा पढ्नुहोस्

Bureau Menus