पत्रकार मोजिबुल्लाह प्रकरण पैसा ठग्ने माध्यम, २० लाख रुपैयाँको बार्गेनिँग (अडियो रेकर्ड)

२०७८ मङ्सिर ५ आइतबार
बेलुकी ७:२४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, रौतहट । रौतहटका पत्रकार मोजिबुल्लाहको प्रतिनीधि बनेर रौतहटकै एक युवकले प्रकरण मिलाउन २० लाख रुपैयाँ मागेको अडियो बाहिरिएको छ । 

मजिबुल्लाको प्रतिनिधि बनेर प्रबीन टिबरेवाल नामक युवकले भनेका छन्–“२० लाख दिनुस पत्रकार सन्जय सहनी बाहेक २÷३ जनाको नाम हटाउन लगाउछु। सन्जय सहनीको नाम हटाउन दिन्न ।”

सार्वजनि भएको सिसिटिभी फुटेजमा कहि कतै पत्रकार सँजय सहनी नदेखिएपनि उनलाई योजना तहत फँसाउन खोजिएको आरोप लागिरहदा पत्रकार मोजिबुल्लाहको प्रतिनिधी बताउने टिवरेवालको अडियो रेकर्डले सो प्रकरण लाखौ कमाउने माध्यम मात्र बनेको प्रष्ट देखिएको छ । 

 सन्जय सहनी सँग पैसा नभएर न छुटेको र दोषी देखिएको हो ? के सिसि क्यामरामा र कहि कतै नदेखिएका सँजय सहनी दोषी हो भन्ने प्रमाण के त ?– पत्रकार सहनीले न्यूज ब्यूरोसँग भने । 

गत भाद्र ३१ गते मजिबुल्लाह लागू औसध सहित पक्राउ परेको थियो । प्रहरीले पत्रकारलाई फँसाएको भन्दै देशव्यापी आलोचनाको साथै मानब अधिकारकर्मी लगायत उच्च स्तरिय छानबिन आयोग गठन गरिएको थियो ।

मजिबुल्लाले सुरुमा उनलाई तत्कालीन एसपि सिद्धि बिक्रम साह , डिएसपी नारायण चिमोरिया ,पत्रकार महासङ्घको स–सचिब सँजय सहनी उनको कर्मचारी जितेश यादब  ,पत्रकार गौतम श्रेष्ठ ,उनका कर्मचारी धिरज यादब मान्डबीका डायरेक्टर अन्जु झा सहित उनका भाइ रोशन झा ,राकेश झा  र घुमुवा मनोज साह र उदय यादबले मलाइ फसाएको आरोप सहित उजुरी दिएको थियो ।

केही दिन नबित्दै मजिबुल्लाहले उजुरी मध्ये एसपी साह र डिएसपी  निर्दोष रहेको निवेदन दिएको थियो। केही दिनपछि अन्जु झा ,गौतम श्रेष्ठ ,रोशन झा,राकेश झा पनि निर्दोष रहेको तथा आफू रिस र आवेगमा नाम दिएको बताएका थिए । 

सरकारी वकिलले प्रमाण नपुगेको भन्दै ती सबैको नाममा मुदा नचल्ने भन्दै नाम हटाएका थिए । साक्षी रोहवरमामा पत्रकार महासङ्घको सचिब मदन ठाकुर र प्रबिन टिबडेवाल बसेका थिए।

ती सबै जनाको नाम हटाउन मजिबुल्लाहले पैसाको बार्गेनिङ गरेको आरोप थियो । आज यो अडियोले शंका उतपन्न गराएको छ । सो मुद्दामा अहिले पत्रकार सन्जय सहनी ,धिरज यादब ,जितेश यादब सहित घुमुवा प्रहरी मनोज साह ,उदय यादबमाथी अभियोग पत्र दायर गरिएको छ ।

यता, पत्रकार सहनी आफू निर्दोष रहेको र आफू विरुद्ध कुनै पनि प्रमाण नरहेकोले न्याय पाउने आसा व्यक्त गरे । 
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सराहनीय: प्रदेश २ मा सशस्त्र प्रहरीले बनायो सुविधा सम्पन्न विद्यालय

  • २०७८ मङ्सिर ५ आइतबार

न्यूज ब्यूरो, राजविराज । नेपाल सशस्त्र प्रहरीले सप्तरीको शम्भुनाथ नगरपालिकामा सुविधा सम्पन्न आवासीय विद्यालय निर्माण गरेको छ । आम जनताको लागि समय सापेक्ष गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले प्रदेश १ र

पूरा पढ्नुहोस्

Bureau Menus