शहिदनगरका निर्वाचित माओवादीका पदाधिकारीहरुलाई स्वागत र सम्मान 

२०७८ मङ्सिर ५ आइतबार
रति ९:०७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा नव निर्वाचित पदाधिकारीहरुलाई स्वागत एवम् सम्मान समेत गरिएको छ । 

आईतबार शहिदनगर नगरपालिकाका मेयर एवम् नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य उदय कुमार बरबरियाले नगरभरि निर्वाचित भएका नव पदाधिकारीहरुलाई पार्टीमा पुनः स्वागतको साथै सम्मान पनि गरेका छन् ।

माओवादी केन्द्रका नगर अध्यक्ष समेत रहेका वडा नम्बर ८ का वडाध्यक्ष तनुकलाल कुसियैत (यादव) को अध्यक्षता तथा मेयर बरबरियाको प्रमुख आतिथ्यमा सम्मान समारोह आयोजना गरी नव पदाधिकारीहरुलाई सम्मान गरेको हो । 

पदाधिकारीहरुलाई अध्यक्ष यादव र मेयर बरबरियाले अबिर, माला लगाएर स्वागतको साथै कार्यकालको लागि शुभकामना सहित सम्मान गरेका हुन् । 

सो क्रममा बोल्दै मेयर बरबरियाले आगामी राजनीतिक यात्रा सँघर्षपूर्ण हुने र माओवादीको ईतिहासलाई बरकरार राख्न आग्रह समेत पदाधिकारीहरुसँग गरे । माओवादी केन्द्रको राजनीतिक क्षमता र पक्कडलाई झन मजबुत बनाउनको लागि आन्तरिक द्धन्द्धहिन बनाउन आग्रह गरे । 

सो क्रममा नव निर्वाचित पदाधिकारीहरुसँग परिचयात्मक कार्यक्रम समेत गरी पार्टीको आगामी रणनीति र आगामी चुनावको तैयारीको रणनीतिको बारेमा गहन छलफल समेत गरिएको थियो । 

  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%
  • 0%

Bureau Menus

} }