मारुती सिमेन्ट प्रयोग नगर्न सरकारको आग्रह, मारुती सिमेन्ट गुणस्तरीयहीन 

२०७८ मङ्सिर ६ सोमबार
बेलुकी ६:१५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा । अनुगमनका क्रममा मारुती सिमेन्ट गुणस्तरहीन फेला परेपछि सरकारले विकास निर्माणका काममा उक्त सिमेन्ट प्रयोग नगर्न निर्देशन दिएको छ ।

४३ ग्रेडको मारुती ओपीसी सिमेन्ट गुणस्तरहीन भएको फेला परेसँगै सरकारले मातहत निकायलाई परिपत्र जारी गरेको छ ।

विगतमा मारुती सिमेन्ट प्रयोग गरिएका विकास निर्माणका काम गुणस्तरहीन देखिन थालेपछि सरकारले अनुगमन तीव्र बनाएको थियो ।

अनुगमनका क्रममा उक्त सिमेन्ट गुणस्तरहीन भएको प्रमाण फेला परेसँगै मन्त्रालयले मारुती सिमेन्ट प्रयोग नगर्न परिपत्र जारी गरेको छ ।

मन्त्रालयले मारुती सिमेन्ट प्रयोग नगर्न भन्नुअघि नै गुणस्तर तथा नापतौल विभागले बजारमा पठाइएका सबै सिमेन्ट फिर्ता लिन भनिसकेको छ । तर, विभागको कुरा मारुती सिमेन्टले सुनेको छैन ।

अब, विभागले नेपाल गुणस्तर ९प्रमाणपत्र चिह्न० ऐन–२०३७ तथा नियमावली–२०४० बमोजिम कारबाहीको दायरामा ल्याइने जनाएको छ । विभागका अनुसार मारुती सिमेन्टको संकलित नमुना परीक्षण गर्दा सिमेन्टको मापन ३३ र ४३ हुनुपर्नेमा ३१ र ३७ मात्रै देखिएको थियो ।

मुख्य उत्पादन कार्यायलय सिरहामा रहेको मारुती सिमेन्टलाई गुणस्तरहीन सिमेन्टबारे विभागले १५ दिने स्पष्टीकरण सोधेको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सिके राउतको बाटो 'जँगली राज' को प्रतिबिम्ब 

  • २०७८ मङ्सिर ६ सोमबार
  • रवि नायक

सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले गत साताको बिहीवार जनकपुरस्थित खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका प्रमुख राजेश कुशवाहालाई नियन्त्रणमा लिएर लछारपछार गरे । उनीहरुले जनकपुर वडा नं. ८ स्थित बलवामा खनिएको

पूरा पढ्नुहोस्

Bureau Menus