मँगराहा विद्यालयलाई अधिकृत सढानको तिनदिने अल्टिमेटम, भन्छन् –'फैसला अन द स्पोट हुन्छ'

२०७८ मङ्सिर ७ मंगलबार
रति ९:२० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बीरेन्द्र कुमार सढानले समस्याको लागि सूचना आए लगत्तै निराकरणको लागि उपाय अवलम्बन गरेको बताएका छन् । 

मँगलबार कमला नगरपालिका वडा नम्बर १ मँगराहास्थित रहेको माध्यमिक विद्यालयमा देखिएको समस्याप्रति चासो लिँदै उनले विद्यालयलाई तीनदिने अल्टिमेटम दिएका छन् । 

अधिकृत सढानले शिक्षा शाखाको तर्फबाट एक पत्र जारी गर्दै मँगराहा विद्यालय व्यवस्थापन समितिलाई तीन दिन भित्र समस्याको समाधान गर्न अल्टिमेटम दिएका हुन् । मँगलबार साँझ अधिकृत सढानले शुक्रबारसम्म समस्या समाधान गरी रिपोर्टिँग गर्न पत्राचार गरेको छ । 

मँगराहास्थित रहेको जनता मावि मँगराहामा विगत केही दिनदेखि समस्या विकसित हुँदै गएकोप्रति नगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको भन्दै विद्यालयमा अभिभावक, शिक्षक, जनप्रतिनीधि, प्रशासनको सँयुक्त भेला बोलाउने मिति तोक्न तिन दिने अल्टिमेटम दिएका छन् । 

न्यूज ब्यूरोसँग कुराकानी गर्दै अधिकृत सढानले समस्याको जानकारी पाएलगत्तै आफू एक्सन लिएको बताए । उनले विद्यालयलाई भेलाको लागि तीन दिनको समय दिएको बताउँदै सो समयमा भेला गराउन नसके आवश्यक कारवाही नगरपालिकाले स्वयँम गर्ने चेतावनी समेत दिए । 

विद्यालयको भित्री समस्यालाई लिएर नगरपालिकाको कार्यालयमा विद्यार्थीहरुले तालाबन्दी गर्नु कतै न कतै सुनुयोजित मात्र रहेको दाबी गरे । जिल्ला प्रशासन कार्यालय धनुषा, जिल्ला शिक्षा समन्वय ईकाईलाई बोधार्थ गरी शिक्षा शाखाको चलानी नम्बर १० बाट विद्यालयलाई पत्राचार गरेको हो । 

  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%
  • 0%

महिला अझै सरकारबाटै उपेक्षित छः उपाध्यक्ष कार्की 

  • २०७८ मङ्सिर ७ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिकाकी उपाध्यक्ष भारती कार्की (सहगल) ले महिलाहरु अझै सरकारबाटै उपेक्षित रहेको बताएकी छन् ।  आईतबार १८ औँ राष्ट्रिय महिला समुदायिक स्वास्थ्य स्वयँमसेविका दिवसको अवसरमा आयोजित

पूरा पढ्नुहोस्

Bureau Menus