कमला नगरपालिकाको काँग्रेस सभापतिमा यादव निर्वाचित

२०७८ मङ्सिर ८ बुधबार
बिहान ०८:१४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकाको नगर सभापतिमा शिवशँकर यादव निर्वाचित भएका छन् । 

नेपाली काँग्रेसको १४ औँ अधिवेशनबाट यादव मतदान प्रक्रियाबाट ५९ मत ल्याई विजयी भएका हुन् । मँगलबार भएको निर्वाचनको क्रममा उनी नगर सभापतिमा विजयी भएको हो । 

नेपाली काँग्रेसमा सक्रिय रहँदै आएका यादव सभापतिमा पहिलेदेखि नै आकाँक्षी रहेका थिए । यस्तै, उपसभापतिमा कुशेश्वर मरिक र महादेव यादव निर्वाचित भएका छन् । 

नगर कार्य समितिको सचिवमा त्रिभुवन (गौत्तम) यादव र सँतोष लखनदई निर्वाचित भएका छन् । नेपाली काँग्रेसको नगर कार्य समितिको उपसचिवमा जीतन महरा र सरोज यादव निर्विरोध भएका छन् । 
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

फुल लिएर तिम्रो लागि आउनेछु आमा !

  • २०७८ मङ्सिर ८ बुधबार

हर्ष खुसीको उमङगले नयाँ पाइला टेकोस् । अधुरो सपना नेपालीको मार्ग पाऊन् सफलताले ! चढ्दै शिखर, सागरमाथाको चन्द्र, सूर्यको सम्मान झल्कोस् । नयाँ वर्षमा नेपालीको गरिमा भल्कोस् अँकाश जस्तै व्यापक

पूरा पढ्नुहोस्

Bureau Menus