रेलको कहानी

'विवाहपँचमी भन्दा अघि रेल सँचालन गर' भन्दै आन्दोलन सुरु

 उनीहरुले विवाह महोत्सवअघि रेल सञ्चालन नभए चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

२०७८ मङ्सिर ८ बुधबार
बेलुकी ६:३३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  जनकपुरमा रमझम हुन विवाहपँचमी (रामजानकी विवाह महोत्सव) महोत्सवभन्दा अघि नै रेल सँचालनको लागि नागरिकहरु आन्दोलित भएका छन् । 

भौतिक संरचनाको निर्माण पूरा भएपनि अझै रेल सञ्चालन नगरेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) धनुषाले प्रदर्शन गरेको छ । 

लोसपा धनुषाले मंसिर २२ गते आयोजना हुने रामजानकी विवाह महोत्सवदेखि रेल सञ्चालन गर्न माग राख्दै प्रदर्शन गरेको हो ।

लोसपा धनुषा सम्बद्ध नेता,युवा अगुवाहरु, महिला तथा विद्यार्थीहरुको एक समूह नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा पुगेर प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलामार्फत प्रधानमन्त्रीलाई रेल सञ्चालन गर्न ज्ञापनपत्र समेत बुझाए ।

 उनीहरुले विवाह महोत्सवअघि रेल सञ्चालन नभए चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

ज्ञापनपत्रमा रेल सञ्चालनका लागि आवश्यक भौतिक संरचना तयारी अवस्थामा रहेपनि राज्यको बक्रदृष्टि र षड्यन्त्रको कारण रेल सञ्चालन नगरेको उल्लेख छ ।

 ‘रेल सञ्चालनमा जानाजान अटेर गरी रहेकोले नेपाल सरकारले खरिद गरेको इन्जिन, बोगी र भारत सरकारको सहयोगमा निर्माण भएको ट्रैकआदि बिग्रिन थालेकोले हाम्रो ध्यान आकर्षित भएको छ,’ ज्ञापनपत्रमा उल्लेख छ ।

  • 2%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

इलाका प्रहरी कार्यालय गोलबजारद्वारा रक्तदान कार्यक्रम, ४४ जनाले रगत दान गरे 

  • २०७८ मङ्सिर ८ बुधबार

न्यूज ब्यूरो, सिरहा।  सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अवस्थित इलाका प्रहरी कार्यालय गोलबजारद्वारा नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी मनाइएको हो ।  नेपाल प्रहरी श्रीमती संघको

पूरा पढ्नुहोस्

Bureau Menus