विपन्न परिवारलाई नौसयविघाका युवाहरुद्धारा आर्थिक सहयोग 

२०७८ मङ्सिर ८ बुधबार
रति ८:५६ बजे
विनय कुमार यादव

न्यूज ब्यूरो, जनकपुरधाम । विदेशमा रहेका धनुषाका नौसय विघाका युवाहरुको समूहले एक विपन्न परिवारलाई आर्थिक सहयोग गरेको छ । 

मँगलबार धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ५ नौयसयविघाको दक्षिणबारी टोलस्थित आर्थिक सहयोग गरेको हो । स्थानीय राम स्वरुप यादवको भाई रामश्रेष्ठ यादवको हात भाँचिएको केही महिनापछि उनको श्रीमतिको मृत्यू भएपछि आर्थिक सहयोग गरिएको हो । 

यादवलाई केहि महिना पहिला खेतमा जादा बाटो मै चिप्लिएर एउटा हाथ भाँचेको थियो भने ५ दिन अघि मात्र राम श्रेष्ठ यादवकी श्रीमतिलाई हृदयघातको कारण मृत्यू भएपछि सो गाउँका युवाहरुको समूह नौयसविघा समाज सहयोग युवा समूहले २६ हजार ६०५ रुपैयाँ नगद सहयोग गरेको हो । 

घरमा  लगातार श्रीमानको हात भाँचिनुको साथै श्रीमतिको मृत्यू भएपछि उनका बालबच्चाको जीवन यापन कठिनाई अवस्थामा बितिरहेको अवस्थामा आर्थिक अवस्था एकदमै कमजोर,र दयनिय रहेको हुनाले यादव द्वारा नौसय विघा समाज सहयोग युवा समुहसँग आर्थिक सहयोगको लागि अपिल गरेको थियो । 

आर्थिक सहयोगको आग्रहपछि युवाहरुको समूहले यादव परिवारको लागि सो रकम पठाएको थियो । यसको लागि अरुण कुमार मण्डलले सक्रिय सहयोग गरेका थिए । 

उनकै अध्यक्षतामा र उपस्थिति गुलाब कुमार मण्डल, सुदिप कुमार यादव, जय नारायण शर्मा र स्थानीय बुद्धिजीवीहरु साथै युवाहरु पिडितको घरमा गएर उक्त सहयोग राशि हस्तान्तरण गरेको हो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

अमेरिकामा मधेशी समुदायको पारम्पारिक होली

  • २०७८ मङ्सिर ८ बुधबार

न्यूज ब्यूरो, अमेरिका । अमेरिकामा बस्दै आएका नेपाली मूलका मधेशी समुदायले पारम्पारिक होली पर्व मनाएका छन् ।  विदेशिएपछि आफ्नो ठाउँको परम्परालाई निरन्तरता दिँदै परम्पारिक रुपमा होली पर्व मनाएको हो । अमेरिकास्थित

पूरा पढ्नुहोस्

Bureau Menus

} }