जन्ती लिएर नगएपछि बेहुलीले दिइन बेहुलाको घर अगाडी धर्ना 

२०७८ मङ्सिर ९ बिहीबार
बिहान ०९:३० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । बिहेको दिन तय हुँदा पनि जन्ती लिएर नगएपछि बेहुलाको घर अगाडी बेहुलीले धर्ना दिएकी हुन् । 

छिमेकी मुलुक भारतको ओडिसास्थ्ति बरमहपुरमा बेहुलीले आफ्नी आमासँगै बिहे हुने भनिएको बेहुलाको घर अगाडी धर्नामा बसेकी हुन् । बिहेकै दिन जन्ती (बाराती) लिएर नगएपछि बाध्य भएर बेहुली धर्नामा बसेको बताइएको छ । 

केहीदिन अघि नै बिहे हुने भनिएको बेहुलासँग कोर्ट म्यारेज (कानुनी विवाह) गरेकी बेहुलीले दुवै परिवारजनको सहमति अनुसार साज सज्जा गरेर हिन्दु परम्परा अनुसान बिहे गर्ने कार्यक्रम तय भएको थियो । 

बिहेको दिन तोकिएको भएपनि सो दिन बेहुलाले बेहुलीको घरमा जन्ती लिएर गएनन् । बेहुली पक्षले घण्टौँसम्म प्रतिक्षा गरेपनि बेहुला पक्षले कुनै जानकारी नै दिएनन् । बेहुलीले मेसेज, कल गरेपनि उनको कुनै जवाफ नआएपछि आक्रोसित बनेकी बेहुली आमासँगै उनको घर अगाडी धर्ना दिएको बताइएको छ । 

घटनाको बारेमा जानकारी पाएलगत्तै प्रहरी आएर उनीहरुलाई सम्झाउने प्रयास गरेको थियो । तर, आक्रोसित आमाछोरीले प्रहरीमाथि समेत आक्रोस पोखिन् । उनीहरुले बेहुला पक्षबाट प्रहरीले घुस लिएको आरोप समेत लगाईन् । 

यो मामिलामा बरहमपुरका एसपी पिनाक मिश्राका अनुसार, सोही जिल्लाका सुमित नामक युवकसँग उनको कानुनी बिहे भएको थियो । कुनै अन्य मामिलामा पनि ती युवतिले प्रहरीमा उजुरी दिएको रेकर्ड फेला परेको छ । 

बिहेकै दिन जन्ती लिएर आउने आसमा बसेकी बेहुली पक्षले बेहुला पक्षको परिवारजनमाथि निवेदन दर्ता गराएकी हुन् । यो मामिलामा सुनुवाई अगाडी बढाइएको छ भने अदालतको आदेश बमोजिम थप कारवाही अगाडी बढने प्रहरीले जनाएको छ । 

दुल्ही (बेहुली) का अनुसार, उनी सुमितसँग गत बर्षको ७ सेप्टेम्बरमा कोर्ट म्यारिज गरेकी थिइन् । उनको ससुरापक्ष अर्थात युवक पक्ष पहिलेदेखि नै उनलाई प्रताडित गरिरहेको आरोप लगाएकी हुन् । 

सुरुमा सुमित उनको साथ दिएपनि पछि उनको परिवारजनको कुरा सुनेर उनलाई वेवास्ता गर्न खोज्दै कैयौँ पटक कोठामा बन्द गरेको आरोप लगाएकी छन् । यो सम्बन्धमा युवतिले कैयाँै पटक प्रहरीमा उजुरी पनि दिएकी छन् । 

प्रहरीमा उजुरी दिएपछि दुवै परिवारबीच सम्झौता भएको बताइएको छ । गत २२ नोभेम्बर २०२१ को बिहे तय भएको थियो । तर, बेहुला पक्षले जन्ती लिएर नआएपछि उनी आफ्नो आमासँगै बेहुलाको घर अगाडी धर्ना दिएको हो । 


 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

रामनवमीमा कालिकामाई युवा समाजले बाँडे निःशुल्क भोजन

  • २०७८ मङ्सिर ९ बिहीबार

न्यूज ब्यूरो, वीरगँज । पर्सा जिल्लास्थित कालिकामाई गाउँपालिका अन्तर्गत रहेको कालिकामाई मन्दिरमा आयोजन गरिएको रामनवमी मेलामा सयौँ दर्शालुलाई सेवा गरिएको छ ।  स्थानीय कालिकामाई युवा समाजले मेला भर्न आएका भक्तजनहरुलाई खाजा

पूरा पढ्नुहोस्

Bureau Menus