३० लाखमा शिव मन्दिर निर्माण हुँदै, मन्त्री साहले गरे शिलान्यास 

२०७८ मङ्सिर ९ बिहीबार
बिहान ११:१९ बजे

न्यूज ब्यूरो, जनकपुरधाम । ३० लाख रुपैयाँ लागतमा शिव मन्दिर निर्माणको लागि एक कार्यक्रमबीच शिलान्यास गरिएको छ । 

महोत्तरी जिल्लाको बलबा नगरपालिका वडा नम्बर १० लेउरीस्थित बुधबार प्रदेश २ सरकारका अर्थमन्त्री शैलेन्द्र साहले शिलान्यास गरेका हुन् । बलवा नगरपालिकाको बजेट विनियोजन गरिएको ५ लाख रुपैयाँ कार्य सँचालन हुँदै ३० लाख रुपैयाँ अनुमानित लागत रहेको छ । 

शिव मन्दिर निर्माणको लागि बलबा नगरपालिका वडा नम्बर १० का पूर्व वडाध्यक्ष महेन्द्र प्रसाद यादवले आफ्नो जग्गा दान गरेका हुन् । उनले आफ्नो १ कठ्ठा जग्गा शिव मन्दिर निर्माणको लागि दिएपछि नगरपालिकाले बजेट उपलब्ध गराएको हो । 

नगरपालिकाको बजेट सहित प्रदेश सरकारले समेत अपुग रकम आगामी आर्थिक बर्षको बजेटमा उपलब्ध गराउने प्रतिवद्धता सहित मन्त्री साहले शिव मन्दिर शिलान्यास गरेको जसपाका प्रदेश सदस्य मुकेश यादवले जानकारी दिए । 

  • 28%
  • 7%
  • 3%
  • 7%
  • 7%
  • 0%

तराईको गर्मीमा आँखाको हेरचाह कसरी गर्ने ?

  • २०७८ मङ्सिर ९ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । बढ्दो प्रदूषण, विश्व तापमानमा वृद्धिजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखा पर्ने गरेको छ। संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका

पूरा पढ्नुहोस्

Bureau Menus