जनप्रतिनीधिमाथि कानुन

मिर्चैयाका मेयर यादवलाई पक्राउ गर्न निर्देशन 

सोही मुद्धामा ज्लिला अदालत सिराहाले नगर प्रमुख यादवलाई सार्वजनिक अपराध मुद्धामा २००० रुपैयाँ जरिवाना गरिसकेको छ । 

२०७८ मङ्सिर १४ मंगलबार
दिउसो १:०५ बजे

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को सिरहा जिल्लास्थित मिर्चैया नगरपालिकाका मेयरलाई पक्राउ गर्न निर्देशन दिइएको छ । 

जिल्ला सरकारी वकीलको कार्यालय सिरहाले मिर्चैया नगपालिकाको प्रमुख श्रवण कुमार यादबलाई पक्राउ गर्न निर्देशन दिएको हो । 

राहत वितरणको त्रममा भएको एक विवादको मुद्दामा राजगिर यादबको जाहेरीले वादी नेपाल सरकारका प्रतिवादी शिब शकर कापरी समेत भएकाले ज्यान मार्ने उद्योग मुद्धामा उनिहरुलाई थप अनुसन्धान गर्न मुद्धा चलाउनु पर्ने निर्णय गरिएको हो । 

प्रतिवादी कपारी यस अघि २१ दिन प्रहरी थुनामा परेर राजनीतिक दबाबमा छुटेका थिए । उच्च सरकारी वकिल कार्यालयबाट गत मँसिर ३ गते गरिएको निर्णय अनुसार मेयर यादवलाई समेत पक्राउ गर्न निर्देशन दिएको हो । 

कोरोना सक्रमणको समयमा राहत बितरण गर्ने क्रममा आक्रमण गराएर बिजय कुमार यादबको हात भाची शक्त घाइते बनाई ज्यान मार्ने उद्योग गरेकोले नगर प्रमुख यादब लाई पक्राउ गर्न निर्देशन दिएको हो । 

सोही मुद्धामा ज्लिला अदालत सिराहाले नगर प्रमुख यादवलाई सार्वजनिक अपराध मुद्धामा २००० रुपैयाँ जरिवाना गरिसकेको छ । 

सरकारी वकिलको कार्यालयले गत मँसिर ७ गते नै एक सूचना जारी गरी उनलाई पक्राउ गर्ने निर्देशनको सम्बन्धमा उल्लेख गरिएको छ । मेयर यादव मिर्चैया नगरपालिकाको प्रमुख भएकोले उनलाई नगरपालिकाबाटै बयानको लागि झिकाइने उल्लेख गरिएको छ । 

अनुसन्धानको लागि मेयर यादवलाई झिकाउनुपर्ने आवश्यकता देखिएको भन्दै मिर्चैया नगरपालिबाट नगर प्रमुख यादवलाई प्रतिवादीको रुपमा झिकाउने आदेश बमोजिम उनलाई पक्राउ गर्ने निर्देशन दिएको हो । 

  • 84%
  • 10%
  • 2%
  • 0%
  • 1%
  • 2%

पैगम्बरप्रति पूर्व न्यायधीशले दिएको अभिव्यक्तिविरुद्ध सिरहाका मुस्लिमहरुले सिडिओलाई बुझाए ज्ञापन

  • २०७८ मङ्सिर १४ मंगलबार

न्यूज ब्यरो, सिरहा ।  सिरहाका मुस्लिमहरुले पूर्व न्यायधीश कमल नारायण दासको अभिव्यक्ति विरुद्ध सिडिओलाई ज्ञापन पत्र बुझाएको छ ।  इस्लाम धर्मको अन्तिम पैगम्बर र शान्तीको दूत भनिएको हजरत मोहम्मद बारे अपमानजनक

पूरा पढ्नुहोस्

Bureau Menus