रेल चलाउन संघीय सरकारको बदनियत: नेता साह

नेपाल रेल्वे चल्न नसक्दा पूर्वी धनुषा सहित जनकपुरधामसम्मको व्यापारिक प्रगति पनि शून्य भएको सुनाए । 

२०७८ मङ्सिर १४ मंगलबार
बेलुकी ६:५९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल रेल्वे शिघ्र सँचालनको लागि मँगलबार प्रदेश नम्बर २ का प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ । 

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का युवा नेता मनोज कुमार साहको अगुवाईमा प्रदेश प्रमुख हरिशँकर मिश्र र मुख्यमन्त्री लालबाबु राउतलाई छुट्टा छुट्टै ज्ञापन पत्र बुझाएका छन् । 

सो क्रममा युवा नेता साहले नेपाल रेल्वेको अहिलेको दुर्गतीको कारण संघीय सरकार रहेको बताए । प्रदेश प्रमुखसँग ज्ञापन पत्रको सम्बन्धमा तथ्य राख्दै उनले संघ सरकारको बदनियतिको कारण रेल्वे सँचालन हुन नसकेको बताए । 

उनले केन्द्र सरकारले अनदेखा गरी बदनीयतपूर्ण ढँगले प्रस्तुत भएकै कारण अहिलेसम्म ल्याएर राखिएको रेल्वे पनि सँचालन हुन नसकेको बताए । उनले केन्द्र सरकारको बदनीयतीलाई प्रदेश सरकारले समेत समर्थन गरेकै कारण पनि रेल सँचालन हुन नसकेको आरोप लगाए । 

उनले स्थानीय सरकार, प्रदेश सरकारले समेत घुम्टोमा राखिएको रेल्वे सँचालनको लागि कुनै पहल नगर्दा रेल्वे सँचालनको लागि अभियान नै चलाउन बाध्य भएको बताए । 

धनुषाको जनकनन्दिनी गाउँपालिकाको विभिन्न गाउँमा गएर गाउँस्तरीय आन्दोलनको सुरुवात गरेको बताउँदै उनले यथाशिघ्र रेल्वे सँचालन नभए प्रदेश सरकार र स्थानीय सरकार विरुद्ध पनि चर्को आन्दोलन हुने चेतावनी दिए । 

विवाहपँचमी भन्दा अघि नै रेल्वे सँचालनको लागि बारम्बार नेता साहले सम्बन्धित निकायलाई दबाब दिँदै आएका छन् । उनका टिमले आज प्रदेश सरकारको कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएको हो । 

विगत एक बर्षदेखि लिकमै घुम्टोमा राखिएको नेपाल रेल्वे चल्न नसक्दा पूर्वी धनुषा सहित जनकपुरधामसम्मको व्यापारिक प्रगति पनि शून्य भएको सुनाए । 

उनले बर्षौ पुरानो नेपाल रेल्वेको ईन्जिनलाई व्यवस्थित नगर्दा गुम्ने अवस्थामा गएको बताउँदै पुरानो रेल्वेको समाग्रीहरुलाई म्यूजियम जस्तै बनाउँदा नेपालको धरोहरको रुपमा परिचित हुने बताए । 

उनले पुरानो कोयलाबाट चल्ने रेलको ईन्जिन त्यतिकै खेर गइरहेको अवस्थामा केही लगानी गरेर म्यूजियम पार्क बनाउन सके खजुरी पर्यटकीय स्थलको रुपमा पनि चिनिने भन्दै यसप्रति पनि ध्यान दिन आग्रह गरे । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

शहिदनगरका शिक्षा सँयोजक यादवविरुद्ध सर्वदलिय आन्दोलनको घोषणा

  • २०७८ मङ्सिर १४ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । शहिदनगरका शिक्षा शाखा प्रमुख विश्वनाथ यादवविरुद्ध सर्वदलिय आन्दोलनको घोषणा गरिएको छ ।  शहिदनगर नगरपालिकामा शिक्षा शाखा प्रमुखको पदमा बसेर गैर कानुनी कार्यहरु गरेको भन्दै विभिन्न राजनीतिक दलले

पूरा पढ्नुहोस्

Bureau Menus