किशोरीलाई होटेलमा लगेर बलात्कार प्रकरणः दुई युवक दुई महिनापछि पक्राउ 

२०७८ मङ्सिर १५ बुधबार
दिउसो २:५३ बजे
न्यूज ब्यूरो, डेस्क
यो तस्विर गुगलबाट लिएर साँकेतिक प्रयोजनको लागि मात्र प्रयोग गरिएको छ ।

न्यूज ब्यूरो, जनकपुरधाम । किशोरीलाई होटेलमा लगी दुई दिनसम्म बलात्कार गरी फरार भएको प्रकरणमा आरोपित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालतले दुवै जनालाई पक्राउ पूर्जी जारी गरेपछि झण्डै दुई महिनापछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

धनुषाको विदेह नगरपालिका वडा नम्बर ४ स्थित सानीआमा (मौसी) को घर गएकी एक १६ बर्षिय किशोरीलाई सोही स्थान बस्ने एक युवकले किशोरीलाई जनकपुर लगी ब लात्कार गरेको आरोपमा पक्राउ परेका छन् । 

सोही प्रकरणमा युवकलाई सहयोग गर्ने उनका साथी पनि पक्राउ परेको हो । आरोपित युवक आफैँ अदालतमा हाजिर भएको बताइएको छ भने उनका साथीलाई आज प्रहरी चौकी ढाडीले बुधबार पक्राउ गरी अदालतमा बुझाएको हो । 

वितग दुई महिनादेखि मुख्य आरोपित मानिएको युवक फरार रहेका थिए भने उनका साथी गाउँमै घुमफिर गरी प्रहरी जाँदा भाग्दै आएका थिए । उनी उपर मुख्य आरोपित भनिएको युवकलाई सो प्रकरणमा सहयोग गरेको आरोप छ । 

गत असोज ३ गते धनुषाको शहिदनगर नगरपालिका वडा नं. ८ हडबारा बस्ने किशोरीलाई सानीआमाकै घरबाट ललाई फकाई लगेर ब लात्कार गरेको आरोप लगाइएको छ । सोही स्थान बस्ने अन्दाजी बर्ष २५ को युवकले किशोरीलाई ब लात्कार गरेको आरोप लगाइएको छ । 

स्थानीय उनकै एक साथीको मोटरसाईकल लिएर किशोरीलाई जनकपुरको होटेलसम्म लगेको पीडित किशोरीलाई उदृत गर्दै उनकी सानीआमा सनेचरी देवी महराले बताइन् । आरोपित युवक भदौ ६ गतेदेखि नै फरार रहेका थिए । 

दुई दिन अगाडी मुख्य आरोपित युवक पक्राउ परेको थियो भने बुधबार (आज) थप एक युवकलाई पक्राउ गरेको हो । गत कार्तिक ४ गते जिल्ला अदालत धनुषाबाट दुवै जनाको नाममा पक्राउ पूर्जी जारी भएको ईलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ । 

युवकलाई आजै जिल्ला अदातल धनुषामा पठाएको ईलाका प्रहरी कार्यालय खजुरी मातहतको प्रहरी चौकी ठाढी झिझाका चौकी ईन्चार्ज एवम् सई सीताराम चौधरीले जानकारी दिए । 

  • 0%
  • 0%
  • 100%
  • 0%
  • 0%
  • 0%

Bureau Menus