कमला नगरपालिकामा विद्यार्थीहरुले लगाएको ताला खोल्ने सहमति, भोलीदेखि नगरपालिका सुचारु 

२०७८ मङ्सिर १६ बिहीबार
रति ९:१४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकाको कार्यालयमा लगाइएको ताला भोली शुक्रबार खोल्ने सहमति भएको छ । 

विभिन्न माग राख्दै कमला नगरपालिका वडा नम्बर १ मँगराहास्थित रहेको माविका विद्यार्थीहरुले नगरपालिकामा विगत १० दिनदेखि गरेको तालाबन्दी शुक्रबारदेखि खोल्ने सहमति जनाएको छ । 

विहिबार अबेर राती कमला नगरपालिकाका नगर प्रमुख राम उदगार गोईतले झण्डै ८ घण्टा निरन्तर वार्तामा बसेपछि ताला खोल्ने निर्णय भएको हो । विद्यार्थीहरुको माग सम्बोधनको हरियो झण्डी देखाएपछि ताला खोल्ने सहमति भएको हो । 

विद्यालय व्यवस्थापन समितिको कमी कमजोरीको साथै प्रधानाध्यापकको विवादको कारण विद्यालयमा अध्ययन अध्ययापन निरन्तर नहुँदा विद्यार्थीहरु आक्रोसित बनेका थिए । उनीहरुले गत मँसिर ६ गतेदेखि नै तालाबन्दी गरेका थिए । 

१० दिनपछि नगरपालिकाको शिक्षा शाखाले अभिभावक बैठक बोलाएर समस्या समाधानको लागि पहल थालेपछि समस्या समाधान गरिएको हो । नगरपालिकामा लगाईएको ताला खुलाउनको लागि नगर प्रमुख गोईतले बैठकमा निरन्तर ८ घण्टासम्म विद्यार्थी, अभिभावक र शिक्षकबीच बिताए । 

नेपाली काँग्रेसको अधिवेशनमा व्यवस्ता जनाएका मेयर गोईतले समस्या समाधानको लागि समय दिएपनि विद्यार्थीहरुलाई राजनीतिक प्रतिशोध साध्नको लागि उक्साएर तालाबन्दी गर्न लगाएका थिए । कार्तिक २८ गतेदेखि नै व्यवस्तता जनाएका मेयर गोईतले ८ घण्टाको वार्तापछि ताला खुलाउने सहमति गराएका हुन् । 

उनले विद्यार्थीको माग अनुसार विद्यालयमा नयाँ प्रधानाध्यापक, शिक्षक दरबन्दी अनुसारको पदपूर्ति, शौचालय निर्माणमा तीव्रता, नयाँ भवन निर्माणमा तिव्रता दिने आश्वासन दिएपछि विद्यार्थीहरुले ताला खोल्न सहमत भएका हुन् । 

सो क्रममा मेयर गोईतले विद्यार्थीहरुले तालाबन्दी गर्नु उनको बाध्यता र आक्रोस रहेको बताउँदै विद्यालय व्यवस्थापन समितिले काम नगरेको निष्कर्ष निकाले । उनले आफूलाई समस्याको बारेमा जानकारी नभएको कारण तालाबन्दीको अवस्था सृजना भएको भन्दै विद्यालयको हरेक गतिविधिको जानकारी गराउन निर्देशन समेत दिए । 

उनले शिक्षा शाखाका प्रमुख अमित जयसवाललाई विद्यालयमा नयाँ हेडमास्टरको लागि शुक्रबार नै पत्राचार गर्न निर्देशन दिए । विद्यालयमा दरबन्दी रहेका शिक्षकहरुलाई तुरुन्त फिर्ता बोलाउन निर्देशन दिँदै मेयर गोईतले प्रक्रियागत रुपमा विद्यार्थीको समस्या समाधानको लागि एक चरणको बैठक अझ बोलाउन समेत निर्देशन दिए । 

मेयर गोईतले विद्यार्थीहरुलाई नीति नियम, प्रक्रिया, समस्या बारे ब्रिफिँग गरेपछि विद्यार्थीहरुले स्वफूर्त रुपमा तालाबन्दी खोल्ने निर्णय लिएका थिए । अभिभावकहरुलाई समेत सन्तुष्ट पारेपछि अभिभावकहरुले ताला खोल्न विद्यार्थीहरुलाई सल्लाह दिए । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडाध्यक्ष राजकुमार यादवले विद्यार्थीहरुको माग पूरा गर्नको लागि गरेको प्रयासको बारेमा विद्यार्थीहरुलाई बताएका थिए । उनले विद्यालयभित्र चलेको राजनीतिको चित्रण गर्दै व्यवस्थापन समितिका अन्य सदस्य सहित नगरपालिकाको शिक्षा शाखाले गरेको गलतीको बारेमा पनि सुझाएका थिए । 

विद्यार्थीहरुलाई माग पुरा गर्न १५ दिनको समय माग्दै माग पूराको वाचा गरेपछि विद्यार्थीहरुले वडाध्यक्ष यादवप्रति साकारात्मकता देखाएका थिए । 

कमला नगरपालिकाका शिक्षा शाखाका प्रमुख अमित जयवालले सहजीकरण गरेका थिए भने ईलाका प्रहरी कार्यालय खजुरी, प्रहरी चौकी माचिझिटकैया, शसस्त्र प्रहरी बल दुबरकोट हथलेटवा, नगरपालिकाका कर्मचारी, सँचारकर्मी, अभिभावक, विद्यार्थीहरुको सक्रिय सहभागीतामा ताला खोल्ने सहमति भएको हो । 

  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%
  • 0%

जनकपुरधामः मेयर कप टी–२० माथि बाराको कब्जा

  • २०७८ मङ्सिर १६ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा भएको मेयर कप टी–२० क्रिक्रेट प्रतियोगिताको उपाधीमाथि बाराले कब्जा जमाउन सफल भएको छ ।  मधेश प्रदेशको विभिन्न टीमहरु सहभागी भएको सो क्रिकेट प्रतियोगिताको शनिबार

पूरा पढ्नुहोस्

Bureau Menus