कमला नगरपालिकामा मतदाता नामाबली दर्ता सुरु, नगरपालिकामै गएर दर्ता गर्नुपर्ने 

२०७८ मङ्सिर १८ शनिबार
बिहान ०९:०८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  यही मङ्सिर १७ गते शुक्रवारदेखि आफू अहिले बसिरहेकै ठाउँबाट मतदाता नामावली दर्ता गर्न सकिने निर्वाचन आयोगले सूचना जारी गरेपछि कमला नगरपालिकामा समेत नामाबली दर्ता सुरु भएको छ । 

७७ वटै जिल्ला निर्वाचन कार्यालय, ७७ वटै जिल्ला प्रशासन कार्यालय र सबै इलाका प्रशासन कार्यालयमा गएर नाम दर्ता गर्न सकिने निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । अहिले आयोगले आफ्नो नागरिकतामा कायम जिल्ला वा बसाइसराइँ गरेर आएको जिल्लाबाट मात्रै नामावली सङ्कलन गरिरहेको छ ।

यस्तै आयोगले सबै पालिकास्तरमा पनि टोली पठाएर मतादाता नामावली सङ्कलन गर्ने भएको छ । पालिकास्तरीय टोलीले कमला नगरपालिकाको कार्यालय माचि झिटकैयामा नामावली दर्ता सँकलन कार्य सुरु गरेको छ । 

शुक्रबार नगर प्रमुख राम उदगार गोईतको अध्यक्षतामा बसेको जनप्रतिनीधिहरुको बैठकबाट वडा वडामा गएर मतदाता नामावली सँकलन गर्ने प्रस्ताव गरिएपनि निर्वाचन कार्यालय धनुषाले त्यस्तो गर्न नमिल्ने भनेपछि नगरपालिका कार्यालयमै एक ठाउँमा बसेर नामावली दर्ता गराउनुपर्ने भएको छ । 

आगामी पुस २ गतेसम्म जारी रहने मतदाता नामावली दर्ताको लागि १६ वर्ष पूरा भएका सबैले नाम दर्ता गराउन आग्रह गरिएको छ । त्यसको लागि नागरिकता लिएर जान आग्रह गरिएको छ ।

यसैबीच निर्वाचन आयोगले अब हुने चुनावमा उम्मेदवारी दर्ता गर्दा उम्मेदवारको सम्पत्ति विवरण पनि लिने कानुन बनाएको छ । 

उम्मेदवारी दर्ता गर्दा सम्पत्ति विवरण बुझाउनुपर्ने र त्यसपछि निर्वाचन सम्पन्न हुने समयसम्म हरेक सात दिनमा आम्दानी खर्च सार्वजनिक गर्नुपर्ने नियम बनाएको हो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

अधिकृत यादवले जाली साइन गरेको खुलासा, एउटै पालिकामा दुई अधिकृत ?

  • २०७८ मङ्सिर १८ शनिबार

न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले जाली कागजात खडा गरेको पाइएको छ ।  महोतरी जिल्लाको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत संजय बाबु

पूरा पढ्नुहोस्

Bureau Menus