बलिवुड हिरोइन ज्याक्लीन फर्नान्डिज एयरपोर्टबाटै पक्राउ 

२०७८ मङ्सिर २० सोमबार
बिहान ०७:५१ बजे
न्यूज ब्यूरो, डेस्क

एजेन्सी । शोको लागि दुबइ जान लागेकी बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज पक्राउ परेकी छिन् ।

ज्याकलिनविरुद्ध प्रवर्तत निर्देशनालय (इडी) ले लुकआउट नोटिस जारी गरेपछि उनलाई पक्राउ गरिएको थियो । 

यद्यपि उनलाई विदेश जान रोकिएको भए पनि पक्राउ गरेको केही समयपछि छोडिएको छ । उनी दुबइ जान पाउने छैनन् तर अहिले हिरासतमा पनि छैनन् ।

ज्याकलिनलाई दिल्लीमा इडीसमक्ष सोधपुछका लागि उपस्थित हुन सूचित गरिएको छ । इडीले उनीविरुद्ध छिटै नयाँ समन जारी गर्नेछ । 

ज्याकलिनविरुद्ध यो लुकआउट नोडिस मनी लन्ड्रिङ केसमा जारी गरिएको हो । उनीसँग केही महिना पहिले दिल्लीमा इडीका अधिकारीले सोधपुछ पनि गरेका थिए । 

इडीले २०० करोडको लेनदेनमा सुकेश चन्द्रशेखरसहित अन्यविरुद्ध चार्जशीट दायर गरेको छ । अनुसन्धानमा सुकेश र ज्याकलिनबीच पैसा लेनदेनको प्रमाण भेटिएको थियो ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरमै पहिलो पटक नैना हस्पिटलमा दुरबिनबाट महिलाको अप्रेशन गर्ने

  • २०७८ मङ्सिर २० सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित सँचालनमा रहेको चर्चित डाक्टर वृजमोहन रजकको नैना हस्पिटलमा दुरबिन माध्यमबाट महिलाको अप्रेशन गर्ने भएको छ ।  जनकपुरको रामानन्दचोकस्थित रहेको नैना हस्पिटलमा हुने दुरबिन प्रविधि जनकपुरमै पहिलो

पूरा पढ्नुहोस्

Bureau Menus