सराहनीय: प्रदेश २ मा सशस्त्र प्रहरीले बनायो सुविधा सम्पन्न विद्यालय

यस अघि सशस्त्र प्रहरीले काठमाण्डुको कीर्तिपुर र बांकेको कोहलपुरमा पनि यस्तै विद्यालय संचालनमा ल्याई सकेको छ । 

२०७८ मङ्सिर २० सोमबार
बिहान ०८:२० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, राजविराज । नेपाल सशस्त्र प्रहरीले सप्तरीको शम्भुनाथ नगरपालिकामा सुविधा सम्पन्न आवासीय विद्यालय निर्माण गरेको छ ।

आम जनताको लागि समय सापेक्ष गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले प्रदेश १ र २ का विधार्थीलाई लक्षित गरी निर्माण गरिएको सो विद्यायल भवनको आईतबार एक सामारोह बीच सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले उद्घाटन गरे । 

सशस्त्र प्रहरी द्वारा निर्माण र संचालनमा ल्याउन लागिएको उक्त विद्यायलको नाम नेपाल एपिएफ ठाको देवी, जोगेन्द्र भगत राखिएको छ । 

आगामी शैक्षिक सत्रदेखि पठन–पाठन सुरु हुने उक्त विद्यालयमा हाल कक्षा ४ र ५ का विद्यार्थीलाई भर्ना गरिने र भविष्यमा उच्च शिक्षा सम्मको अध्ययन अध्यापन गराइने सशस्त्र प्रहरी बलले जनाएको छ । 

राजविराजका समाजसेवी जोगेन्द्र भगत र उनका श्रीमती ठाको देवीले करिब ३० करोड रुपैयाँ मूल्य पर्ने ८ बिघा ११ कठ्ठा जगा दान दिइ उपलब्ध गराए पछि सशस्त्र प्रहरी बल नेपाल कल्याणकारी सेवा केन्द्रद्वारा ६ करोड ५१ लाख २ हजार रुपैयाँको लागतमा १५ कोठाको विद्यालय भवन निर्माण गरिएको हो । 

विद्यालय भवनको उदघाटन कार्यक्रममा जग्गादाता भगत दम्पतिलाई सम्मान गर्दै महानिरीक्षक खनालले मुनाफा रहित शैक्षिक संस्था खोल्न सशस्त्र प्रहरीमा कार्यरत बहालबाला, कर्तव्यको क्रममा वीरगति प्राप्त, अवकास प्राप्त प्रहरी कर्मचारी लगायतको रगत पसिनाको सहयोग रहेको भन्दै यसको सदुपयोग गर्न सबै समक्ष आग्रह पनि गरे । 

यस अघि सशस्त्र प्रहरीले काठमाण्डुको कीर्तिपुर र बांकेको कोहलपुरमा पनि यस्तै विद्यालय संचालनमा ल्याई सकेको छ । 

जग्गादाता जोगेन्द्र भगतले शिक्षाको महत्वलाई बुझ्दै आफूले जग्गा दान गरेको र भविष्यमा पनि यस्ता सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।

  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरमै पहिलो पटक नैना हस्पिटलमा दुरबिनबाट महिलाको अप्रेशन गर्ने

  • २०७८ मङ्सिर २० सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित सँचालनमा रहेको चर्चित डाक्टर वृजमोहन रजकको नैना हस्पिटलमा दुरबिन माध्यमबाट महिलाको अप्रेशन गर्ने भएको छ ।  जनकपुरको रामानन्दचोकस्थित रहेको नैना हस्पिटलमा हुने दुरबिन प्रविधि जनकपुरमै पहिलो

पूरा पढ्नुहोस्

Bureau Menus