दानवीय प्रवृति

क्रुर घटनाः महिलालाई रातभरि सामुहिक बलात्कार, यौनाङग क्षतविक्षत, ओछयान रगताम्य !

प्रहरीका अनुसार इटहरीबाट गाडीमा आएर गछियामा ओर्लिएपछि उनले बहिनीको घरको लोकेसन अर्को गाडीमा रहेका रामबहादुरलाई सोधिन् । 

२०७८ माघ ९ आइतबार
बिहान ०९:४७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, विराटनगर । प्रदेश नम्बर १ को मोरँग जिल्लास्थित एक महिलामाथि सामुहिक बलात्कार भएको घटना बाहिर आएको छ । 

मोरङको बलियामा अपराधको परकाष्टा नाघ्ने गरी एउटा सामूहिक बलात्कारको घटना भएको हो । बेलबारी नगरपालिका–४ की ३० वर्षीया महिला सामूहिक बलात्कारको सिकार भएकी हुन् ।

अमानवीय एवम् क्रुर घटनाको सिकार बनेकी उनको अवस्था गम्भीर छ । पीडितको उपचार विराटनगरस्थित कोसी अस्पतालमा भइरहेको छ । 

सुन्दरहरैँचा नगरपालिका–४ बलियास्थित श्रेष्ठ होटल एन्ड फेमीली लजको एउटा कोठामा बन्धक बनाएर महिलामाथि तीन जनाले शुक्रबार राति सामूहिक बलात्कार गरेको मोरङ प्रहरीका प्रवक्ता डिएपसी मञ्जील मुकारुङले जानकारी दिए ।

मुकारुङका अनुसार होटल सञ्चालक सुन्दरहरैँचा–४ का ३६ वर्षीय अर्जुन श्रेष्ठ, उनका भाइ २७ वर्षीय मनोज श्रेष्ठ र झापा घर बताउने रामबहादुर नेपालीले होटलमा राखेर रातभर सामूहिक बलात्कार गर्दा महिलाको अवस्था चिन्ताजनक बनेको हो । 

अत्यधिक रक्तश्राव भएका कारण महिलाको अवस्था निक्कै गम्भीर बनेर गएको उपचारमा संलग्न चिकित्सकलाई उद्रित गर्दै प्रहरीले जनाएको छ । 

चिकित्सकका अनुसार बलात्कार गरेर उनको यौनाङ्ग क्षतिविक्षत बनाइएको छ । रतग धेरै बगेकाले रक्तचाप कम भएर गएको छ । पारिवारिक आर्थिक अवस्था कमजोर भएकी महिलाले शुक्रबारदेखि नै सुनसरीको इटहरीस्थित एउटा घरमा काम गर्न थालेकी थिइन् । 

काम सकेर सुन्दरहरैँचाकै गछियास्थित बहिनीको घरमा फर्कदै गरेको अवस्थामा उनलाई बलात्कारमा संलग्नमध्ये रामबहादुरले शुक्रबार साँझ ६ बजेतिर गाडीमा राखेर गछियाबाट लगेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार इटहरीबाट गाडीमा आएर गछियामा ओर्लिएपछि उनले बहिनीको घरको लोकेसन अर्को गाडीमा रहेका रामबहादुरलाई सोधिन् । 

बहिनीको घर पुर्याइदिन्छुभन्दै गाडीमा राखेर होटलमा लगेको पाइएको डिएसपी मुकारुङले बताए । घटनापछि रामबहादुर फरार छन् । प्रहरीले उनको नाम रामबहादुर नेपाली हो कि हैन भनेर यकिन हुन भने बाँकी रहेको जनाएको छ । 

उनीसँगै बला त्कारमा संलग्न मनोज पनि फरार थिए । उनलाई भने प्रहरीले शनिबार साँझ पक्राउ गरिसकेको छ । बलात्कार पीडित महिलालाई उपचारका लागि कोसी अस्पताल लिएर आएका होटल सञ्चालक अर्जुनलाई प्रहरीले शनिबार दिउँसो विराटनगरबाटै पक्राउ गरेको थियो । 

उनले महिलालाई प्रदेश २–०१–००१ च २२७ नम्बरको गाडीमा राखेर उपचारका लागि कोसी अस्पताल ल्याएका थिए । महिलालाई शुक्रबार साँझ गछिया पुलबाट त्यही गाडीमा राखेर रामबहादुरले होटलसम्म लगेको पाइएको प्रहरीले जनाएको छ ।

बलात्कार गर्न नदिएर महिलाले प्रतिकार गरेपछि अर्जुनले हात भित्र छिराएर महिलाको यौनाङ्ग नै क्षतिविक्षत बनाइदिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार अत्यधिक रक्तश्राव भएकी महिलाको यौनाङ्ग क्षतिविक्षत हुनुका साथै शरीरभरि नीलडाम र चोटपटक छ । 

डिएसपी मुकारुङले प्रतिकार गर्न थालेपछि महिलालाई यातना दिने र कुटपिट गर्ने कामसमेत भएको बताए । प्रहरीले अर्जुनको होटलमा काम गर्ने आरती श्रेष्ठ नाम गरेकी युवतीलाई पनि नियन्त्रणमा लिएको छ ।

 डिएसपी मुकारुङका अनुसार सामूहिक बलात्कार भएको घटना प्रत्यक्ष देखेकी युवतीले पीडित महिलाले चिच्याएर हारगुहार गर्दा पनि प्रहरीलाई खबर नगरेको पाइएपछि उनलाई समेत पक्राउ गरिएको छ । 

बला त्कार गरिएको होटलमा पुग्दा आरती र बलात्कारमा संलग्न अर्जुनका भाइ मनोजले पीडित महिलाकी बहिनीलाई दुव्र्यवहारसमेत गरेको पाइएको उनले बताए । 

गम्भीर ढङ्गले घटनाको अनुसन्धान थालेर फरार रहेका रामबहादुरको खोजी तीव्र पारिएको मुकारुङले बताए ।

महिलाका ४ वर्ष र १७ महिनाका दुई जना छोरी छन् । पीडित महिला सपरिवार खोटाङबाट गत असोजमा मोरङको बेलबारी बसाइँ सरेकी हुन् । 

श्रीमान २ महीनाअघि पहाड घर खोटाङ गएका थिए । दुई जना कलिला नानीहरुलाई गछियास्थित बहिनीको घरमा छाडेर काम गर्न गएकी उनलाई कामबाट फर्कने क्रममा अप हरण शैलीमा लगेर बला त्कार गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार सुरुमा रामबहादुरले र त्यसपछि मनोज तथा अर्जुनले पालैपालो बला त्कार गरेको पाइएको छ । शुक्रबार राति बला त्कार भए पनि पीडितलाई उपचारका लागि भर्ना गरिएपछि शनिबार दिउँसो मात्रै प्रहरीले घटना थाहा पाएको हो । 

प्रहरीका अनुसार महिलालाई बेहोस बनाउने वस्तु सुँघाएर र खुवाएर लठ्याएपछि बलात्कार गरिएको हुनसक्छ ।

पीडितकी बहिनीले घटनाका बारेमा आफूहरुलाई शनिबार बिहान ८ बजे मात्रै थाहा भएको बताइन् । 

भनिन्, ‘घटना थाहा पाएर पुग्दा बला त्कार गरिएको कोठा र ओछ्यान रक्ताम्य थियो ।’ दिदीलाई बेहोस भएर रगतको आहालमा डुबेको देखेपछि आफूले केही सोच्न नसकेको उनले बताइन् । 

उपचारका लागि लैजानलाई हारगुहार गर्दा आफूमाथि नै दुव्र्यवहार भएको गुनासो उनको छ । प्रहरीलाई खबर गर्छु भनेपछि मात्रै उपचारका लागि लैजान होटल सञ्चालक तयार भएको उनले बताइन् ।

उनले उपचारका लागि ल्याउने क्रममा रक्तश्राव नरोकिएकाले गाडीको सिट नै सबै रक्ताम्य भएको जानकारी दिइन् । घर नफर्किएपछि खोजी गर्ने क्रममा आफूले दिदीलाई बला त्कारबाट पीडित भएर जीवन र मरणको दोसाँधमा छटपटाइरहेको अवस्थामा पाएको उनको भनाइ छ । 

उनले बलात्कारमा संलग्नले घटना सार्वजनिक गरेमा मारिदिनेसम्मको धम्की दिएको गुनासो पोखिन् । बलात्कारमा संलग्नसँग पुरानो चिनजान नरहेको उनले बताइन् ।

उपचारमा संलग्न प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. रिभा केसीले अत्यधिक रक्तश्रावका कारण महिलाको स्वास्थ्य अवस्था जटिल बनेको बताइन् । ‘अवस्था अन्तिम बनिसकेपछि मात्रै उपचारका लागि ल्याइएको रहेछ,’ उनले भनिन्, ‘अस्पताल ल्याउन केही ढिला भएको पाइयो ।’

उनले चिन्ताजनक अवस्थाकी बलात्कार पीडित महिलाको उपचार जारी राखिएको जानकारी दिइन् । डा. केसीका अनुसार पीडित महिलाको यौनाङ्ग क्षतिविक्षत छ । शरीरका विभिन्न भागमा चोटपटक छ । अरु थप समस्या भने परीक्षण गरिसकेपछि मात्रै पत्ता लाग्ने डा. केसीको भनाइ छ ।

बला त्कारबाट पीडित बनेकी महिलाका आफन्तले अमानवीय एवम् क्रुर घटनाका दोषीमाथि कारबाही हुनुपर्ने माग राखेका छन् । 

पीडितका काकाले सम्झनै नसक्ने र आङ् सिरिङ्ग हुने घटनाका दोषीलाई जतिसक्दो चाँडो प्रहरीले कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । प्रहरीले घटनाका दोषीविरुद्ध जब रजस्ती क रणी लगायतका मुद्दा चलाउने भएको छ ।


पूर्वेलीखवरबाट

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 5%
  • 95%

मधेशका मुख्यमन्त्री यादवले चौथो पटक पाए विश्वासको मत

  • २०७८ माघ ९ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले चौथो पटक विश्वासको मत प्राप्त गरेका छन् । बुधबार बसेको प्रदेश सभाको बैठकमा उपस्थित कुल सांसद ६१ जनामध्ये मुख्यमन्त्री सरोज कुमार

पूरा पढ्नुहोस्

Bureau Menus