धनुषाको खजुरीमा भव्य चौथो अध्यक्ष गोल्डकप फुटबल टुर्नामेन्ट हुँदै, विदेशी टिमहरु पनि खेल्ने 

फुटबल टुर्नामेन्टमा सुरक्षा व्यवस्थापनको लागि जनपद र शसस्त्र प्रहरी समेत खटिने पासवानले जानकारी दिए ।

२०७८ फाल्गुण २० शुक्रबार
बिहान १०:२२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको खजुरी मैदानमा भव्य फुटबल टुर्नामेन्टको आयोजना गरिने भएको छ । 

धनुषाको जनकनन्दिनी गाउँपालिकाको आयोजनामा प्रत्येक बर्ष हुँदै आएको अध्यक्ष गोल्डकप फुटबल टुर्नामेन्ट यसपाली भव्य रुपमा आयोजना गरिने भएको छ । 

खजुरी परहासा ठुलो मैदानमा आयोजना हुने चौथो अध्यक्ष गोल्डकप फुटबल टुर्नामेन्टमा धनुषा सहित मधेश प्रदेशका विभिन्न जिल्लाका टिमहरु सहित छिमेकी मुलुक भारतका समेत फुटबल टिमहरु सहभागी हुने जनकनन्दिनी गाउँपालिकाका प्रशासन प्रमुख राम नरेश ठाकुरले जानकारी दिए । 

गाउँपालिकाको वडा नम्बर ४ उच्चमाविको खेल मैदानमा आगामी फागुन २६ गते विहिबारदेखि सो टुर्नामेन्ट प्रारम्भ हुने ठाकुरले जनाए । उनका अनुसार, खेल प्रत्येक दिन दिउँसो २ बजेदेखि नै सुरु हुने छ ।

 खजुरीस्थित रहेको महावीर स्पोर्टस क्लब सह आयोजक रहेको सो खेल आगामी चैत्त २ गतेसम्म सँचालन हुने सहआयोजकका सुनिल पासवानले जानकारी दिए । 

सो टुर्नामेन्टमा देशभरिकै ८ वटा टिमको सहभागिता रहनेछ भने भारतको टिम समेत सहभागी हुने भएकोले धनुषा सहित आसपासका जिल्लाहरुबाट समेत दर्शकहरुको मोटो उपस्थिति रहने पासवानले जानकारी दिए ।

फुटबल टुर्नामेन्टमा सुरक्षा व्यवस्थापनको लागि जनपद र शसस्त्र प्रहरी समेत खटिने पासवानले जानकारी दिए । दर्शकको सँख्या अधिक हुने गरेको मध्यनजर गर्दै अन्य व्यवस्थाहरु समेत दुरुस्त पारिने उनले थपे । 

सो फुटबल टुर्नामेन्टमा महावीर स्पोर्टस क्लव खजुरी, युनाइटेड क्लव शिवान (भारत विहार), सल्हेश युवा क्लव सिरहा, आदिवासी फुटबल क्लव धनवाद (झारखण्ड) डाँगीहाट फुटबल क्लव बेलवारी १० भाउने मोरंग, एपिएफ बर्दिवास, वीरगंज युथ क्लव पर्सा र बनारस योंङ्ग मैन एशोसिएसन बनारस गरी जम्मा ८ वटा टिमको सहभागिता रहेको सह आयोजक क्बलका प्रतिनीधि पासवानले जानकारी दिए।

सो टुर्नामेन्टमा प्रथम हुने टिमलाई शिल्ड, प्रमाण पत्र, मेडल सहित नगद १ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ भने दोस्रो हुने टिमलाई प्रमाण पत्र, शिल्ड, मेडल सहित नगद ५० हजार पुरस्कार प्रदान गरिने छ ।

फुटबलको लागि अन्तारष्ट्रिय स्तरमा नाम बनाएको खजुरीले त्यहाँको अस्तित्व बरकरार राख्नको लागि प्रत्येक बर्ष गाउँपालिकाले भव्य फुटबल टुर्नामेन्ट आयोजना गर्दै आएको छ । 

  • 50%
  • 0%
  • 0%
  • 50%
  • 0%
  • 0%

लामा नङ पालेर मधेशको नाम उच्च पार्छु : यादव

  • २०७८ फाल्गुण २० शुक्रबार
  • न्यूज ब्यूरो, नेपाल

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर-२ को अस्थायी राजधानी जनकपुरका एक युवकले आफ्नो नँग (नौह) बाट पहिचान स्थापित गर्ने धोको राखेका छन् । जनकपुरधाम उपमहागनरपालिका वडा नं. १७ कनकपट्टि बस्ने दिनेश

पूरा पढ्नुहोस्

Bureau Menus