मधेश प्रदेशको यी स्थानीय तहमा भोली र पर्सी सार्वजनिक विदाको घोषणा 

२०७८ फाल्गुण २४ मंगलबार
रति ८:१७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, रौतहट । मधेश प्रदेशको एक स्थानीय तहले भोली २५ गते फागुन र पर्सी २६ गते फागुण गरी दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । 

मधेश प्रदेशको रौतहट जिल्लास्थित रहेको ईश्नाथ नगरपालिकाले भोली बुधबार र पर्सी विहिबार सार्वजनिक विदा दिने निर्णय गरेको हो । 

ईश्नाथ नगरपालिका अन्तर्गत सँचालनमा रहेको पालिकास्तरीय मेयर कप टी–२० क्रिक्रेट प्रतियोगिताको अन्तिम चरणको खेलको कारण नगरपालिकाका कर्मचारीहरु खेलमै व्यस्त हुने भन्दै सार्वजनिक विदा दिएको हो । 

नगरपालिकाका नगर प्रमुख सँतोष कुमार मेहता र उपप्रमुख हुस्ने आराद्धारा सँयुक्त हस्ताक्षरित सूचनामा फागुन २५ र २६ गते दुई दिन सार्वजनिक विदा हुने भएको छ । 

दुई दिन सो नगरपालिकाभित्रको कुनै पनि सरकारी कार्यालय, स्कुल, कलेज समेत नचल्ने गरी सार्वजनिक विदा दिएको हो । प्रतियोगिताकै कारण स्कूल कलेजहरुमा समेत विदा दिनु अनुचित रहेको टिकाटिप्पणी गरिएको छ । 

मधेश प्रदेशमा विभिन्न चाडपर्वमा नजिकै नजिक विदा दिँदा आम नागरिक आतिदाँ पनि स्थानीय विदाको क्रममा क्रिक्रेट म्याचको कारण दुई दिन नै सार्वजनिक विदा दिँदा आलोचनात्मक टिप्पणी गरिएको हो ।

  • 0%
  • 9%
  • 0%
  • 0%
  • 0%
  • 91%

अधिकृत यादवले जाली साइन गरेको खुलासा, एउटै पालिकामा दुई अधिकृत ?

  • २०७८ फाल्गुण २४ मंगलबार

न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले जाली कागजात खडा गरेको पाइएको छ ।  महोतरी जिल्लाको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत संजय बाबु

पूरा पढ्नुहोस्

Bureau Menus