प्रेमर्षिको कविता समग्र मधेस र देशको लागि रचनात्मक उपलब्धी : विद्यानन्द वेदर्दी 

समानताको यो कविताले विद्यार्थीमा असल राष्ट्र प्रेम र चेतना जगाउने छ। 

२०७९ जेठ १२ बिहीबार
रति ८:१९ बजे
विद्यानन्द वेदर्दी 

... मैले कक्षा १ देखि १२ सम्म 'हाम्रो नेपाली' विषय पढेँ। तराई-मधेसको विषयवस्तु विरलै पाएको देखेँ। हिमाल-पहाडका चित्रहरू र विषयवस्तुहरू अधिकतम पढेँ। 

म सम्झिन चाहन्छु सानो छँदा बुवाले मलाई र दीदीलाई 'लिखना' (writting सुधार्न गरिने अभ्यास) लेख्न लगाउँनु हुन्थयो, Reading गर्न, कहिलेकाहीँ चित्रहरू पनि कोर्न र बढी कविता-गीतहरू घोक्न। प्राय: चित्रमा किताबको कभरमा रहेको दाउरा-सुरूवाल, ढाका-टोपीमा रहेको बालक र बालिकाले नेपालको झण्डा समातेको र पृष्ठभूमीमा पहाडको पाखा। बाल्यकाल देखि नै चित्र कोर्न कमजोर थिए। जसोतसो कोरिन्थयो र दाउरा-सुरूवाल, ढाका-टोपी कहिले लालीगुराँसको चीत्र कोरेर नेपाली हुनुमा गर्व गर्थौँ।

नेपाली भन्न साथ मानसिकतामा दाउरा, सुरूवाल, ढाका-टोपी र हाथमा नेपालको झण्डा र पृष्ठभूमीमा पहाड ढाकेको झ-झल्को आउँथ्यो।

..... तर आत्म-ग्लानिको फिल हुन्छ किनभने मैले आफ्नो मधेस समाज, संस्कृति र मूल परिवेशलाई किताबमा पढ्नै पाईन। आमाले भनेको खिस्सा (दन्त्य कथा), पिहानी आमाले सुनाएको गीत, फकड़ा, बुझौलि र गाउँमा मनाएको पर्व-तिहारको बारेमा, लोक गीतहरू सुनेर दङ्ग त पर्थे तर कुनै किताबको कुनै पाना र कुनै पानाको कुनै अक्षरले मलाई मेरो विषयवस्तु सुनाएन, मलाई मेरो आत्म-गौरवको कविता सुनाएन। माध्यमिक विद्यालयको कुनै शैक्षिक किताबले मेरो मौलिक पहिचानको सम्बोधन गरेन भन दिदा कुनै संकोच मान्नु पर्दैन। 

लेखकः विद्यानन्द बेदर्दी

कक्षा आठको 'मिथिला चित्रकला' र 'नेपालै न रहे' पाठ ( राष्ट्रय-कवि माधव प्रसाद घिमिरेद्वारा रचित) को तराई हाम्रो सुनको टुक्रा... Line बाट मात्र तराई-मधेस प्रतिको प्रेम-भावको थोरै चित्रण पाएको अनुभव गरेँ। त्यसमा पनि पोर साल मिथिला चित्रकार मनिषा साह दीदीले मिथिला-चित्रकला विषयक एक कार्यक्रममा बोल्दै कक्षा आठबाट 'मिथिला-चित्रकला' पाठ अहिले हटाईएको छ जानकारी गराउँदै दु:ख व्यक्त गरेकी थिईन्। 

आजसम्म 'नेपाली' किताबमा मैले खोजेको एकदम कमै मध्ये यो एउटा कविता भेटेँ जसमा समानताको गीत गाईएको छ र गाउँन प्रेरित गरिएको छ। माध्यमिक विद्यालय तहत कक्षा ९ को परिमार्जित पाठ्यक्रमको अनिवार्य नेपाली कार्य-पुस्तिकामा 'सारङ्गीमा देश' शीर्षकको कविता समावेश गरिएको छ जसलाई लेखेका हुन् - मैथिली भाषाका सशक्त साहित्यकार एवं सङ्गीतज्ञ, रेडियो कान्तिपुरमा १९ वर्ष देखि ‘हेल्लो मिथिला’ माध्यमले राष्ट्रीय-अन्तर्राष्ट्रीय स्तरमा मैथिली भाषा, कला, संस्कृतिलाई उच्चाई दिने धीरेन्द्र प्रेमर्षि (वि.सं. २०२३ वस्तीपुर, सिरहा) जसलाई सुनेरै म जस्ता कयौँ दर्जन मिथिला-मधेसका युवाहरूको आदर्शको रूपमा सुपरिचित छन् जो नेपाली भाषा-साहित्यमा मैथिलीमा प्रवेश गर्नु भन्दा पहिला नै स्थापित थिए । 

■ कविता : 

'सारङ्गीमा देश' 

गाउँदै आयो यो नेपाली सार‌ङ्गीमा देश
मेची काली हिमाल पहाड तराई मधेस। 

जीवनको कथा, व्यथा, सङ्घर्ष जे सुन्छ
हाम्रै हाँसो-आँसुसँगै यो त हाँस्छ-रुन्छ
सिर्जनामा रम्दै अनि जगतमा जम्दै 
पौरखीका पसिना नि धुनमा नै उन्छ।
बक्खु, भाङ्ग्रा, धोती सबै भन्छ मेरै भेष
गाउँदै आयो यो नेपाली सार‌ङ्गीमा देश। 

हिमाललाई न्यानो दिन्छ तराईको भाका
मधेसको पङ्खाचाहिँ बन्छ भिर पाखा 
राष्ट्रियता मियो राखी पिरतीको दियो 
बाली मुस्कुराएका छन् कोटी कोटी आँखा।
नलागोस् है कसैको नि भावनामा ठेस
गाउँदै आयो यो नेपाली सार‌ङ्गीमा देश। 

शान्तिकामी बुद्ध अनि स्वाभिमानी सीता 
यो माटोको मूल मर्म कर्म गर्ने गीता
ज्ञानभूमि, तपोभूमि, स्वप्नभूमि यही
गर्वसाथ गाउँछ, यो हो मेरो धर्ती माता।
जता हेर्‍यो त्यतै देख्छ सबै नै विशेष
गाउँदै आयो यो नेपाली सार‌ङ्गीमा देश। 

प्रकृतिको बुई चढी गाउँछ गौरव गाथा
संसारकै शिरपोश हाम्रो सगरमाथा
सत्त चित्त आनन्दको सन्धानमा सधैँ
तिमिर चिर्दै हुन्छ यो त उज्यालोकै साथ।
कामना लिई सजाउने स्वर्णिम परिवेश
गाउँदै आयो यो नेपाली सार‌ङ्गीमा देश। 

सङ्गीतको आकाशमा पुग्न माथि माथि
मादलसँगै ढोलक धीमे बनाएर साथी
समृद्धिको सगर चुम्न माया माया गुन्दै 
रेटिँदै छ मानो रोपी फलाउन पाथी।
मिलीजुली थाल्यो सबले जित्ने रिले रेस
गाउँदै आयो यो नेपाली सार‌ङ्गीमा देश। 

... नेपालको लोकप्रिय बाजा तर लोपोन्मुख 'सारङ्गी' (जसको स्वरूप र विशेषता मिथिला-मधेशको लोप भएको बाजा 'घुना' जस्तै) को सुक्ष्म व्याख्या गरी समग्र नेपालीलाई एक शुत्रमा बाँधी मनमा राष्ट्र प्रेम जगाउँदछ। गाउँ-गाउँ घुमेर आम जन-मानसको वेदना गाउनलाई सार्थी बनेको 'सारङ्गी' (मधेसको घुना) लाई चित्रण गरी मधेस र पहाडको सम्बन्ध पनि जोड्न खोजिएको छ। यस कवितामा एकै संवेदना र सम्मानताको गीत गाएको संदेश प्रवाह भएको छ। 

अब कुरो गरौँ 'मधेस' शब्दको। मधेस शब्द नेपाली पाठ्यक्रममा आजसम्म प्रयोग भएको अविरलै देखिन्छ। यो कविता छनोट हुनु भनेको नेपाल सरकारद्वारा 'मधेस' शब्द कानुनी रूपले एकप्रकारको स्वीकार्यता र सम्मान दिएको पनि हो । यो कविता छापिनु र विद्यार्थीले पढ्नु-घोक्नुको प्रतिफल आम नेपालीमा मधेसकोलाई पहाड र पहाडकोलाई मधेसप्रतिको सकारात्मक संवेदना बढ्नु हो। यो मधेसलाई Acceptance र Embrace गर्नु पनि हो। 

विविध पहिरन बीच 'धोती' पनि मेरै भेष भन्ने पङ्तिले यो कविताले सबैभन्दा महत्वपूर्ण संदेश दिई रहेको जस्तो लाग्छ। राजधानी र संकिर्ण सोचका हामी नेपालीका लागि 'धोती' कुनै बेला गाली नै थियो भन्दा फरक पर्दैन। केही हदसम्म अब गाली हैन ताली बज्ने मैत्रीपूर्ण वातावरण बन्नेछ। कुनै कुरा व्याव्हारमा लागु गर्नलाई पहिले हामी वैचारिक रूपले तयार हुनु पर्छ। विचार त पुस्तकको अक्षरले नै दिने हो। एउटा कविताले मन फेर्न सक्छ अनि पो त जीवन फेर्न सक्छ। देश बनाउने र देश बिगार्ने युवाले नै हो। विद्यार्थीले नै हो। 'स्कूल लाइफ' मा नै विद्यार्थीको चेतना पलाउने कार्य गर्छ। नेपाल भरि नै ७७ जिल्लाकै विद्यार्थीहरूलाई यो कविताले नयाँ प्रभाव छोड्ने छ र मन जोड्ने छ भन्ने हामी मधेसका चेतनशील युवा पूर्णत: विश्वस्त छौँ। प्रेमर्षीको समानताको यो कविता समग्र मधेस र देशको लागि रचनात्मक उपलब्धी हो। 

समग्र नेपालको (थोरै भएनि) समावेशी Selected Content किताबामा राख्दा मात्र सही उमेरमा आम नेपाली विद्यार्थीमा असल राष्ट्र-प्रेमको चेतना जाग्न सक्छ। उमेरलाई मध्य नजर गर्दै Mind Dish तयार गर्न आवश्यक छ। ... बदलिदो परिवेश प्रसंशालायक छ। 

कविता पढ्दै जादाँ अन्य पङ्तीहरू कमिलो गुलियो तिर लोभिए जस्तै सहजै फिल आउँछ। सीता देखी गीता र सगरमाथाको गाथा गाएर पहाडको मादल र मिथिला-मधेसको ढोलक साथै घन्काई राष्ट्रिय एकता र राष्ट्रिय सांस्कृतिक रिले रेस अवश्य जित्ने छौँ। आशा छ प्रेमर्षिको यो राष्ट्र-प्रेमलाई नेपाली जन्ताले छातीमा छोपोस्। जय पहाड, जय मधेश। जय हिमाल, जय देश ! 

■ लेखक:

विद्यानन्द वेदर्दी 

( वि.सं. २०७० मा सप्तरी, राजविराज स्थित लिट्ल फ्लावर स्कूलबाट नेपाली विषयमा स्कूल र जिल्लामै उत्कृष्ट अंक ल्याई SLC उतीर्ण गरेको मैथिली-नेपाली भाषा-साहित्यका एक सर्जक हाल पूर्वाञ्चल कयाम्पस धरानमा ईलेक्ट्रिल इन्जिनियरिगं अध्ययनरत) 

■ ठेगाना : सप्तरी, अग्निशाईर कृष्णा-सवरण गाउँपालिका-४

  • 16%
  • 0%
  • 2%
  • 82%
  • 0%
  • 0%

इजरायलमा रहेका नेपालीलाई दुतावासको अनुरोधः घरबाट बाहिर कोही ननिस्कनु

  • २०७९ जेठ १२ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  इरानले इजरायलमाथि आक्रमण सुरु गरेपछि तेलअभिभस्थित नेपाली दूतावासले अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्किन आग्रह गरेको छ । दूतावासले एक सूचना जारी गर्दै इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूलाई स्थानीय

पूरा पढ्नुहोस्

Bureau Menus