MEMES भिडियोमा प्रायः देखिन यी व्यक्तिको अकालमै मृत्यू 

२०७९ जेठ २६ बिहीबार
बेलुकी ५:४९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । समाजिक सँजालहरुमा देखापर्ने प्रायः मिम्स भिडियोहरुमा देखिने एक पाकिस्तानी होस्टको अकालमै मृत्यू भएको छ । 

पाकिस्तानको चर्चित टिभी होस्ट समेत रहेका साँसद आमिर लियाकत हुसैनको अकालमै ज्यान गएको छ । उनको ४९ बर्षको उमेरमा विहिबार ज्यान गएको हो । 

एक प्रहरी अधिकारीका अनुसार साँसद लियाकतको स्वास्थ्यमा अचानक खराबी आएपछि उनलाई आगा खान विश्वविद्यालय अस्पताल लगिएको थियो, जहाँ उनलाई चिकित्सकले मृत घोषित गरेको थियो । डाक्टरको अनुसारको उनको शरिरमा कुनै प्रकारको गडबडी देखिएको थिएनन् । 

आमिर लिायकतको पोष्टमार्टम जिन्ना पोष्टग्रेजुटएट मेडिकल सेन्टरमा गरिने जनाइएको छ । यसैबीच, नेश्नल एसेम्बलीका अध्यक्ष राजा परवेज अशरफले एमएनए आमिर लियाकत हुसैनको मृत्यूको खवर पाएपछि आजै हुने भनिएको सँसदीय बैठक भोली साँझ ५ बजेसम्मको लागि स्थगित गरिदिएको हो । 

जानकारी अनुसार, साँसद लियाकतले तीन वटा विहे गरेका थिए । पाकिस्तानमा उनी बिहेलाई लिएर पनि चर्चा रहेका थिए भने समाजिक सँजालमा देखिने प्रायः सबै मिम्स भिडियोमा उनको भिडियो राखिएको पाईएको छ । 

फेसबुक, युटुब, ईन्ष्टाग्राम, टिकटोक लगायतको भिडियोमा बनाइने मिम्सहरुमा व्यँग गर्नको लागि लियाकतको “वा..वा...वा....वा....क्या बात है” भनिएको केही क्षणको भिडियोसहित “आ..हा..आहा....आहा.....” बोललाई लिएर उनी निरन्तर चर्चामा रहँदै आएका थिए । 
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%

यसपालिको चुनावमा कुनै पनि हालतमा 'ब्याक' हुन्न, जित्छु पनि सहजै: डा. बिरेन्द्र महतो

  • २०७९ जेठ २६ बिहीबार

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति जति-जति नजिकिँदै छ । निर्वाचन क्षेत्रहरूमा नेताहरूको दौडाहा त्यति नै बाक्लिँदो छ । विभिन्न पार्टीका सम्भावित उम्मेदवारहरु गाउँ-गाउँ बस्ती-बस्ती चहारिरहेका छन् ।

पूरा पढ्नुहोस्

Bureau Menus

} }