TikTok अर्थात खुल्ला 'पोर्न साईट' 

२०७९ जेठ २९ आइतबार
बिहान १०:५५ बजे
काशिन्द्र कुमार शर्मा

समाजिक सँजालले विभिन्न समुदायका मानिसहरुलाई एकतृत गर्नको लागि अहम भूमिका निर्वाह गरेको छ । समाजिक सँजालकै मार्फत अहिले परिवर्तन पनि देख्न पाईएको छ । चाहे त्यो राजनीतिमा होस या समाजीक ।

समाजिक सँजालको सदुपयोग भएका साकारात्मक परिवर्तनहरु भएको थुप्रै उदाहरणहरु छन् । समाजिक सँजालको प्रयोगले मान्छे आफ्नो कला, सँस्कृति, सदभाव, मदत, भावना पोख्न सजिलो भएको छ । 

तर, त्यही समाजिक सँजालको दुरुपयोग बढेपछि समाजको लागि खतराको घण्टी बज्न थालेको छ । हरेक समुदायमा समुदायको आफ्नो रितिरिवाज, नियम निष्ठा अवश्य हुन्छ । आफ्नो कला, सँस्कृति, रिवाज, धार्मिक सदभाव, धार्मिक नियम निष्ठा हुन्छन् नै । त्यसलाई ओभरटेक गर्ने मानिस समाजबाट बहिष्कृट भएको पनि थुप्रै उदाहरणहरु छन् । समाजको नियमलाई धज्जिया उडाउने मानिस पनि कानुनी दायरामा आएको उदाहरण थुप्रै उदाहरणहरु छन् । 

समाजिक सँजालमा सबभन्दा उपयोग वा सदुपयोग भनौ अहिले ट्वीटरलाई मानिन्छ, केही पाराग्राफ लेख्न पाउने सुविधाले त्यसमा दिग्गज व्यक्तित्वहरु जोडिएका छन् भने अश्लिलता, नाकारात्मकता धेरै न्यून छ । फेरी फेसबुकमा पनि अहिले फेसबुक वाच सुविधाले भिडियो कन्टेन्टहरु हाम्रो समाज लायक हुँदैनन् । त्यो पनि फेसबुकले कडा नियमहरुल ल्याएपछि विस्तारै सुधार हुँदै गएको छ । 

तर, अहिले बेरोजगारहरुको लागि उत्तम रोजगार भनिएको टिकटक एपले गर्दा वर्तमान समाज ध्वस्त हुने सम्भावना उत्तिकै बढाएको छ । भारत सरकारले मात्र चिनियाँ एप हो भनेर बैन गरेको होईनन, त्यहाँको शिक्षामन्त्री, दिग्गज विज्ञहरुले त्यसको नाकारात्मकतालाई दृष्टिगत गरी बैन गरेको हो । टिकटक चलेको अवस्था र अहिले बैन गरेको अवस्थामा भारतमा बेग्लै अवस्था सृजना भएको छ । 

५ बर्षे बच्चा पनि एडल्ट भिडियो बनाउने, युवा युवतिहरु खासै त्यसमै दिनभरि झुण्डिने, अध्ययन अध्ययापन छाडेर मात्र टिकटोकमा बस्ने, ह्रासमेन्ट गर्ने जस्ता प्रवृति बढेपछि शिक्षाको स्तर एकदम न्यून भएको थियो । अनि भारतले शिक्षा र बालबालिकाको भविष्यलाई मध्यनजर गर्दै टिकटोक नै बन्द गरिदिए अहिले अवस्था समान्य छ । 

नेपालमा टिकटकलाई अहिले खुल्ला पोर्न साईटको रुपमा लिन सकिन्छ । हुनतः सरकारले नेपालमा पोर्न साईटहरु बन्द गरिदिएको छ, तर अप्रत्यक्ष रुपमा भन्दाखेरी टिकटक एप पनि एक खुल्ला पोर्न साईटमा परिणत भएको प्रत्यक्ष हेर्न सकिन्छ । टिकटकमा राखिने कन्टेन्टहरु यहाँको समाजको लागि घातक साबित हुँदैछ । 

नेपाल धर्मनिरपेक्ष राज्यको रुपमा चिनिन्छ । यहाँ हिन्दु धर्मावलम्बीहरुको बाहुल्यता छ । तर, हिन्दु समाजलाई अपच हुने, सँस्कार, सँस्कृति, कला, रितिरिवाजलाई सीधा ओभरटेक गरी, चुनौति दिएर एडल्ट प्रकारको भिडियोहरु बनाएर पोष्ट गर्दा अहिले सिँगो जेनेरेशन नै खराब हुँदै गएको छ । 

यद्यपी, टिकटकमा शिक्षा सम्बन्धी ज्ञानगुणका कुराहरु पनि भेटिन्छन्, जो समाजिक सँजालको उत्तम सदुपयोग पनि हो । मन पराउने, समाजिक, धार्मिक कुराहरु जो की सबैको लागि सर्वमान्य छन् त्यस्ता कन्टेन्टहरु पनि छन् तर थोरै । टिकटकमा सबै प्रयोगकर्ता उस्तै होईनन, तर ९० प्रतिशत प्रयोगकर्ता भने एडल्ट कन्टेन्ट नै हाल्ने गरेको देखिएको छ । बाँकीको १० प्रतिशत स्वच्छ, सदुपयोगी, समाजिकहितको कन्टेन्टहरु पाइन्छन् । 

गाउँस्तरमा मात्र अध्ययन अध्ययापनमा व्यस्त रहने किशोर किशोरीहरु पनि केही एडल्ट टिकटकियालाई देखेर १२ बर्षको उमेरकी किशोरीहरु एडल्ट प्रकारको कन्टेन्टहरु बनाएर भिडियो पोष्ट गर्न थालिएको हेर्न सकिन्छ । टिकटक एप खोल्ने वित्तिकै मात्र एडल्ट भिडियोले स्वागत हुँदा यसलाई खुल्ला पोर्न साईट भन्न कुनै आपत्ति मान्नुपर्दैन् । 

हुनतः टिकटकमै दिनभरि झुण्डिने केही युवतिहरुले आत्महत्या रोजेको सर्वविदितै छ । उनीहरुले घरको परेशानी वा कुनै अन्य कारणले आत्महत्या होईन, टिकटककै कारणले आत्महत्या गर्नुपरेको अनुसन्धानहरुबाट हेर्न सकिन्छ । टिकटकमा आफूलाई फ्लोवर बढाउनको लागि समाजिक सँजालमै कपडा फुकालेर नाच्नेहरुसँग यस्तो अधिक घटना भएको हेर्न पाईन्छ । 

कपडा खोलेर बनाइने पहिचानपनि उनीहरुको कर्तुतसँग सेलाउने गरिएको छ । केही दिनअघि टिकटकै कारण झुण्डिएकी महोत्तरीकी एक युवतिले मृत्यू पश्चात पनि अवहेलना भोग्नुपरेको घटना ताजै छ । 

यही टिकटक प्लेटफर्म मधेशी समुदायकी युवायुवतिहरुको भिडियो कन्टेन्ट पनि एडल्ट कन्टेन्ट राखिने गरिएको छ । एक तवरले भन्दा टिकटक अहिले खुल्ला पोर्न साईटको रुपमा विकसित हुँदै गएको छ । 

प्रयोगकर्ताहरुले आफ्नो अन्तरँग भिडियोहरु पनि राखिने गरेको छ । भिडियो कलमा गरिने अश्लिल कुराकानी, भिडियो च्याट, गिफ्ट पाउन गरिने अश्लिल हर्कतहरु समेत स्क्रीन रेकर्ड गरी हालिने गरिएको छ । 

भोजपुरी उत्तेजित, अश्लिल शब्दहरु प्रयोग गरिएको, मैथिली अपशब्दहरु प्रयोग गरिएको गीतहरुमा यहाँका खास केही युवतिहरुले भद्दा नृत्यलाई कला मान्दै रमाउने गरिएको छ । 

उनीहरुले आफू स्टार भएको भनेर स्वघोषणा गरेका छन् । तर, टिकटकले नाकारात्मक कन्टेन्टलाई मात्र बढी भाईरल गर्ने गरेको कुरा उनीहरुलाई थाहा छैनन् । 

लाईभ आएर केही पैसा कमाएर ईज्जत निलाम गर्ने यहीका युवतीहरु छन् । पढनको लागि शहर जान्छु भन्दै दिनभरि पार्कमा घुम्दै टिकटकमा व्यस्त उनका अभिभावकहरु अझै ऋण र कर्जा लिएर छोरी पढाउँदै भन्नुपर्ने अवस्था छ । तर, उनीहरुको चर्तिकलाले अन्य छोरीहरु शहर पढाउन सकिने वातावरणमा खलल पारेको देखिएको छ । 

सरकारले चाँडै यो एप नेपालमा पनि बन्द गरिएन भने खुल्ला पोर्न साईटमा कुन दिन कसको छोरीको नाँगो भिडियो अपलोड हुने ग्यारेन्टी छैनन् । 

सरकारले टिकटकमाथि बैन नलगाए यहाँको अवस्था भयावह हुने सँकेत देखिएको छ । जतिसक्दो सरकारले भारत सरकार जस्तै टिकटक एपलाई बैन गरी बालबालिकाको शिक्षा तर्फ र वर्तमान समाज जोगाउनुतर्फ ध्यान दिनु आवश्यक छ । 

टिकटकमा देखिएको र***बाजी हटाउन अब एउटै बिकल्प छः सबै जना मिलेर टिकटकियाको अकाउण्डमा रिपोर्ट गरौँ । तरिका म भन्दैछु,

१. पहिले टिकटक (TikTok) App एप खोल्ने

२. कसको आईडी (अकाउण्ट) मा रिपोर्ट गर्ने त्यो सर्च (Search) गरी खोज्ने

३. उसको आईडी खोलेपछि माथि तीनवटा बुँदा ... दायाँ साईडमा देखिनेछ । त्यहाँ थिच्नुहोला, तल #Report भनेर आउँछ ।

४. त्यसपछि Report Account र Report Content भनेर आउँछ, त्यसमा तपाईले माथिको Report Account मा थिच्नु ।

५. त्यसपछि Posting Inappropriate Content मा थिच्नु, त्यसपछि आउँछ Pornography and Nudity , त्यसमा थिचेर Submit गरिदिनुस् ।

यो रिपोर्ट कम्तीमा ५० जनाले गरे उसको आईडी टिकटोकले फ्रिज गर्न सक्छ । जो हाम्रो समाजको लागि मान्य होईन । स्वतन्त्रता घरभित्रै राख्नु, समाजिक सँजालमा रण्डीबाजी गरिए नागरिकको हैसियतले हामीले नै बोल्नुपर्छ नत्र अवस्था भयावह हुन्छ ।


  • 68%
  • 2%
  • 0%
  • 1%
  • 0%
  • 0%

साँस्कृतिक कार्यक्रमको नाममा ओरकेष्ट्रा नचाउनेलाई कारवाही गर 

  • २०७९ जेठ २९ आइतबार

धनुषा लगायत आसपासको जिल्लाहरुमा पर्व, तिहार, उत्सव, महोत्सवमा साँस्कृति कार्यक्रमको नाममा ओरकेष्ट्रा नचाउने गरिन्छ ।  स्टेजमा पछाडी साँस्कृति कार्यक्रमको बैनर लगाएर अश्लिल ओरकेष्ट्रा नचाउने गरिएको पाइएको छ । आयोजकले प्रहरीलाई समेत

पूरा पढ्नुहोस्

Bureau Menus