मन्त्रिपरिषद् पुनर्गठन: प्रधानमन्त्री देउवाले गरे एकीकृत समाजवादीका मन्त्री हेरफेर

२०७९ असार १२ आइतबार
रति ८:२९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, काठमाडौँ | प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। 

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार प्रधानमन्त्री देउवाले एकीकृत समाजवादीका मन्त्रीहरू हेरफेर गर्दै मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्।

पुनर्गठित मन्त्रिमण्डलमा सहरी विकास मन्त्रीमा मेटमणी चौधरी, पर्यटन मन्त्री जीवनराम श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानीप्रसाद खापुङ, श्रममन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसीलाई नियुक्त गरेको हो। 

आइतबार मात्रै एकीकृत समाजवादीका चार मन्त्रीले राजीनामा दिएका थिए।

रामकुमारी झाक्री, प्रेम आले, किसान श्रेष्ठ, विरोध खतिवडाले राजीनामा दिएका थिए। 

नवनियुक्त मन्त्रीहरूको सोमबार बिहान ११ बजे सपथ ग्रहण हुनेछ। 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

इजरायलमा रहेका नेपालीलाई दुतावासको अनुरोधः घरबाट बाहिर कोही ननिस्कनु

  • २०७९ असार १२ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  इरानले इजरायलमाथि आक्रमण सुरु गरेपछि तेलअभिभस्थित नेपाली दूतावासले अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्किन आग्रह गरेको छ । दूतावासले एक सूचना जारी गर्दै इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूलाई स्थानीय

पूरा पढ्नुहोस्

Bureau Menus