सँकटमा अश्लिल गायक सन्नु कुमार खँगः लगातर भिडियो डिलिट गर्दै युटुब, अर्को भिडियो पनि डिलिट

२०७९ असार १८ शनिबार
रति ८:४३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकुरधाम । मिथिला मधेशमा अश्लिल गायक भनेर चिनिने तेस्रो दर्जाका गायक मानिएका सन्नु कुमार खँगको भिडियो युटुबले लगातार डिलिट गर्न सुरु गरेको छ । 

अरुको म्यूजिक चोरी गरी गीत बनाउँदै आएका सन्नु कुमार खँगलाई यतिबेला चारित्रिक सँकट परेको छ । अश्लिल गीत गाएर मिथिला मधेशको सँस्कृतिमाथि धब्बा बोलेका खँगको भिडियो युटुबले डिलिट गर्न सुरु गरेको छ । 

आज बिहान मात्र “५ बेर चुम्मा लेल्कै रे” बोलको गीत युटुबल डिलिट गरेको केही घण्टामै उनको अर्को गीत पनि डिलिट गरिदिएको छ । टि–सेरिजबाट म्यूजिक चोरी गरेका सन्नु कुमारको अर्को गीत “दिल देबौ, बिल देबौ” पनि हटाइएको छ । 

कापिराइट क्लेम गरेपछि उनको अर्को भिडियो पनि युटुबले हटाइदिएको हो । जानकारी अनुसार, उनको च्यानलमा लगातार हडताल (स्ट्राई) गएपछि उनको च्यानल नै डिलिट हुने अवस्थामा पुगेको छ । 

एक करोड पटकसम्म हेरिएको भिडियो “काईल खुना बिल देबौ, नै हेतौ त दिल देबौ” नामक गीत युटुबले हटाएको छ । उनको अन्य गीतहरु पनि युटुबले धमाधम हटाउन थालेको छ । 

उनको च्यानलमा सबभन्दा बढी पटक हेरिएको चेहरा छुपाक एलौ बोलको गीत समेत हिन्दीबाट चोरी गरिएको भन्दै कापिराईट क्लेम गरिसकेको र त्यो गीत पनि डिलिट हुने अवस्थामा रहेको छ । 

मिथिलाको सँस्कृति, मधेशको सँस्कृतिलाई ठाडो चुनौति दिँदै भद्दा र अश्लिल गीतहरुले समाज बिगार्न उनको पनि हात रहेको छ । जागरुक युवाहरुले त्यस्ता समाग्री हटाउन युटुबसँग अनुरोध गर्न थालेपछि उनको भिडियोहरु लगातार डिलिट हुँदै गएको छ । 

  • 9%
  • 8%
  • 1%
  • 2%
  • 4%
  • 1%

Bureau Menus