अश्लिल शब्दको गीत गाउने १३ जनाले मागे सार्वजनिक माफी, मधेशमा अश्लिल भनेको 'सँस्कृति'

२०७९ असार २० सोमबार
बिहान ०९:२० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । छाडा शब्द (अश्लील) गीत गाएर सामाजिक सद्भाव बिगारेको आरोप लागेका १३ जना लाइभ दोहोरी कलाकारले राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानलाई स्पष्टीकरण दिएका छन् ।

प्रत्यक्ष दोहोरीको नाममा छाडा गीत गाएको व्यापक जनगुनासो आएपछि प्रतिष्ठानले पत्र काट्दै २० जना कलाकारलाई आइतबार कार्यालयमा बोलाएको थियो । तीमध्ये १३ जना मात्र उपस्थित भएर स्पष्टीकरण दिएका छन् ।

उपस्थित सबै जनाले आइन्दा लाइभ दोहोरीमा छाडा शब्द नगाउने भन्दै प्रतिबद्धता जनाएको प्रतिष्ठानअन्तर्गतको विकृति विसंगति रोकथाम कार्यदल संयोजक शिव हमालले जानकारी गराए ।

‘उहाँहरुलाई सचेत र स्पष्टीकरण सोधिएको छ र आइन्दा गल्ती नदोहो¥याउने प्रतिबद्धता जनाउनुभएको छ,’ हमालले भने । तर प्रतिष्ठानले सचेत गराउँदै स्पष्टीकरण सोधेको यो पहिलोपटक भने होइन । 

यसअघि पनि स्पष्टीकरण सोधिएको थियो, तर प्रत्यक्ष दोहोरी कलाकारसामु प्रतिष्ठान निरीह देखिएको छ ।

यता, तराई मधेशमा अश्लिल शब्दको गीतलाई सँस्कृतिको रुपमा विकास गरिदै गएको पाईएको छ । केही गायकहरुले गाउने गीतमा छाडापन र अश्लिल शब्दहरुको बारेमा समाचार प्रकाशित गरेपछि उनीहरुले खुट्टा तानेको भन्दै अश्लिललाई नै सँस्कृतिको दर्जा दिन थालेका छन् । 

विश्वको सबभन्दा मिठो भाषा भनेर चिनिदै आएको मैथिली भाषाको मूलमर्म र मूल परिभाषालाई केही गायकहरुले निशाना बनाएको छ । मैथिली भाषामा गाउने गीत र गीतमा हालिने अपशब्द, अश्लिल शब्द, अपमानजनक शब्दले सँस्कृति, भाषाको विकास भएको भनेर गलत अर्थ लगाउन थालेका छन् । 

भाषाको सम्मानमाथि आँच पुरयाउँने सोही गायकहरुले मैथिली भाषाको आड लिएर आफूहरुको खुट्टा तान्ने गरेको भनेर भन्न थालेका छन् । यद्यपी, उनीहरुलाई १०० जनामा ९० जनाले गाली मात्र गर्दै आएका छन् ।

मैथिली भाषा नम्र, सुसज्जित, सुमधुर, शून्य अश्लिलले चिनिन्छन्, तर उनीहरुले गाउने गीतको छाडापनले मैथिली भाषाको अस्तित्वलाई सखाप पार्दै गएको छ । 

  • 4%
  • 4%
  • 9%
  • 2%
  • 4%
  • 16%

फिल्म 'राजा सल्हेश' मा जनकपुरकी पूजा ठाकुर बनिन 'चन्द्रावती' , अभिनय दमदार

  • २०७९ असार २० सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । साउथ इण्डियन डारेक्टरले बनाएको फिल्म राजा सल्हेशमा जनकपुरकी पूजा ठाकुरको अभियन दमदार देखिएको छ ।  भोली शुक्रबारदेखि भारतको विभिन्न सिनेमा घरमा रिलिज हुन लागेको सो फिल्मको प्रिमियरमा

पूरा पढ्नुहोस्

Bureau Menus

} }