TikTok मा 'चमरी' बेचेर 'दमरी' कमाउँदै युवतिहरु , गिफ्टको लागि 'जे पनि' गर्न तयार

२०७९ असार ३२ शनिबार
दिउसो २:०२ बजे
न्यूज ब्यूरो, डेस्क

TIkTok- अर्थात खुल्ला 'पोर्न साईट' भन्दा कुनै खिन्नता बोध हुँदैन । डिजिटल प्लेटफर्म र समाजिक सँजाल भनिएको टिकटकको सुविधाको दुरुपयोगले अहिले वर्तमान समाज आजित छ । 

खास गरी तराई मधेशमा केही किशोरी युवतिहरुले टिकटकमा बेग्लै स्वाद चाखेकी आभाष हुन्छ । पढनको लागि काठमान्डौँ नै जानुपर्छ भनेर अभिभावकलाइ ठग्दै उनीहरुले मात्र टिकटोक बनाउन चाहिने स्वतन्त्रताको लागि काठमान्डौँ जाने गरेको पाईएको छ । 

जिस्मको नुमाईस गर्ने, कपडा खोलेर नाच्ने, कामुक कुराकानी गर्ने, सँस्कार सँस्कृति विरुद्धको गतिविधि गर्ने, समाजिक विरुद्धको गतिविधि गरी पैसा कमाउनुलाई चमरी बेचेर दमरी कामाउनु भनिएको छ । 

टिकटक एपमा प्रायः देखिने तराई मधेश मूलकी केही किशोरी युवतिहरुले टिकटकमा पाईने गिफ्ट मात्र पाउनको लागि जे सुकै गर्न तम्तयार देखिन्छन् । यहाँसम्म की उनीहरुले टिकटकमै अप्रत्यक्ष सेक्स अपिल पनि गरिरहेको हेर्न सकिन्छ । 

जुन भाषा, एक्सप्रेसनलाई तराई मधेशको सँस्कृतिमा अश्लिल र गोप्य मानिन्छन्, त्यस्ता एक्सप्रेसनले सेक्स अपिल मात्र गर्दैनन्, गिफ्ट पाउनको लागि विभिन्न माध्यमबाट कपडा उतारनेहरु पनि धेरै छन् । टिकटक चलाउने सबै त्यस्ता होईनन्, केही अनुहारहरु छन् जो की पैसाको लालचले अनलाईनमै कपडा उतारर्न पछि पर्दैनन् । 

टिकटक ७ बर्षको बच्चादेखि ८० बर्षको बुढोबुढीसम्म पनि चलाउँछन् । टिकटकमा गीत सेट गर्ने, म्यूजिक सेट गर्ने, भिडियो ईफेक्टहरु भएर उनीहरुलाई बनाउन सहज हुन्छन र लाईक फ्लोवरर्सको चक्करमा पछि भाग्दै गरेको देखिन्छ । 

टिकटककै कारण कैयौँ युवति भाईरल हुने चक्करमा जे पनि गरिन, र अन्त्यमा आत्महत्या रोजिन् । बलिवुडको फिल्म “द डर्टी पिक्चर” झैँ तराई मधेशकी केही युवतिहरु आफूलाई चिनाउन “जे पनि” गर्न तयार भएको देखिन्छन् । 

टिकटकमा दिएको गिफ्ट सुविधा पाउनको लागि खास गरी युवतिहरुले गन्दागन्दी कुराकानी मात्र होईनन्, कपडा समेत उतारर्ने गरेको पाईएको छ । उनीहरुलाई लाईभ त होईन तर लाईभ आउनुभन्दा अघि लाईभ ज्वान गर्नको लागि एक सम्झौता गर्न पछि पर्दैनन् । 

लाईभमा आएर गिफ्ट दिन्छु भन्दै बिदेश कमाउन गएका युवकहरुले उनीहरुलाई जे पनि गर्न मजबुर गर्छन् । परिवारको लागि कमाउन विदेश गएका युवकहरुले कमाएको पैसाले टिकटकको गिफ्ट किनेर युवतिहरुलाई दिने गरेको छ । 

ती युवकहरुले त्यतिकै सजिलै गिफ्ट दिदैनन् । लाईभ आउनु अघि युवकसँग ईमो, भाईबर, व्हाटसएप, मेसेन्जसरमा भिडियो कल गरी कपडा समेत उतारेर विश्वास प्रकट गर्छिन । तर, ती युवकहरुले स्क्रीनसट, भिडियो रेकर्ड गरेर समाजिक सँजालमा हाल्ने गरेको कैयौँ घटनाहरु छन् । 

उनीहरुको आमाबुवा के भन्छन् ? 
टिकटकमा लाईभ बसेरै कम्तीमा एक लाख रुपैयाँ महिना कमाउँछु भन्दाखेरी जस्तोसुकै ईमान्दर र ईज्जत प्रतिष्ठा भएको अभिभावकलाई हल्का मन डोल्छ । छोरीले बसेरै एक लाख रुपैयाँ महिना कमाउँछिन भन्दा त दँग पर्ने धेरै अभिभावकहरु छन्, तर उसको छोरीले पैसा कसरी बसेरै कमाउँछिन भनेर तोकदा, खोजबिन, चासो केही पनि गर्दैनन् जसको कारण अन्त्यमा आत्महत्या गर्दा पनि कारण अनेकाअनेक भन्न मजबुर हुन्छन् । 

धेरै किशोरी युवतिहरुको आमावुबालाई उनको छोरीले गर्ने हर्कत र नाच्ने नाँगो नाचको बारेमा केही थाहा हुँदैन् । २० हजारको क्यामेराबाला मोबाईल किनेर दिएपछि उनीहरुले पढाई होईन ओरकेष्ट्रा गर्न थालेको पत्तो हुँदैन् । 

टिकटकमा यौनधन्दा ?
टिकटकमा लाईभ बस्नु अघि एउटा अपिल गरिन्छ, कि लाईभ आउँदैछु तपाईहरु जोडिनुस् । त्यति सजिलै भनिदैन, त्यसको लागि हाई ईम्प्रेसन, कामुक अवतार, यौनजन्य भावमा अपिल गर्ने गरिन्छ् । सोही गरेर गिफ्ट पाउनुलाई यौनधन्दा भन्दा कुनै सँकोच हुँदैन् । 

सबभन्दा अधिक टिकटोकिया युवति महोत्तरी जिल्लाको
टिकटकमा यस्ता हर्कतहरुमा सबभन्दा अगाडी महोत्तरी जिल्लाकी केही युवतिहरु अग्रसर देखिन्छन् । एक जनाले सोही टिकटकले ज्यान गुमाईन् । अन्य अहिले आधा दर्जन बढी युवतिहरु जो की यस्ता कार्यमा सँलग्न देखिन्छन सबै महोत्तरी जिल्लाकी हुन् । 

हुनतः यस्ता गतिविधिमा नेपालभरिकै विभिन्न जिल्लाबाट युवायुवतिहरु तल्लिन छन् । तर, तराई मधेशको सन्दर्भमा टिकटकमा यस्ता गतिविधिमा महोत्तरी जिल्लाबाट अधिक सँख्यामा देखिन्छन् । 

सम्झाउँदा सति–सावित्रीको रुवाफः
सोही टिकटोकिया दुई कौडीको हैसियत नभएकी युवतिहरुले आफूले स्वतन्त्रता प्रयोग गरेको बताउँछिन् । उनीहरुले टिकटकमा आफूहरुले समाजलाई पच्ने खालकै भिडियो बनाउने गरेको बताउँछिन् । 

समाजलाई अपाच्य हुने खालको गतिविधि, भिडियो, चोरी गरिएको भिडियो, आफ्नो कुनै कन्टेन्ट नै नभएको भिडियो बनाएर चर्चा पाउन नाँगो हुनेको सँख्या अधिक छ । 

दिदी–बहिनीको जोडी नै सक्रियः
हो, टिकटोकमा हुने त्यस्ता गतिविधिमा दिदी बहिनी सँगै देखिएको हुन्छ । खास गरी महोत्तरी जिल्लाबाट हेर्ने हो भने दुई चार जोडी यस्ता छन् जोकी यस्ता हर्कतको लागि दिदी बहिनीको जोडी बनाएको देखिन्छन् । उनीहरुलाई प्रतिष्ठा, ईज्जत, लोकलाजको कुनै परवाह देखिदैनन् । 

लाईभमा जोडिन अप्रत्यक्ष सेक्स अपिलः
टिकटकमा लाईभ आए गिफ्ट पठाउँछन् र पैसा आउँछन् । लाईभा गिफ्ट पठाएन भने पैसा आउँदैन, लाईभमा जसरी पनि पैसा खर्च गर्ने मान्छे चाहियो । टिकटकमा पैसा खर्च गर्ने सबैको सबै मुर्ख मात्र हुन्छन् । अनपढ, गवार बढी मात्र देखिन्छन् । त्यसभन्दा पनि बिदेश कमाउन गएका युवकहरु अधिक सँख्यामा । 

उनीहरुलाई लाईभमा ल्याउनको लागि मोरे करेजा, मोरे मुटु, धडकन लाईभा आउनु मुड फ्रेस गरिदिन्छु जस्ता कामुक शब्दहरुले अप्रत्यक्ष अपिल गरिएको भन्न सकिन्छ । यस्ता कार्यमा पनि महोत्तरीबाट अधिक सँख्यामा देखिन्छन् । 

यस्ता गतिविधिमा सँलग्न युवतिहरुको नाम धेरै छन् । नाम लेख्न सक्ने अवस्था छैनन् । तपाईहरुले नै कमेन्टमा नाम लेख्न सक्नुहुन्छ । 

यसरी उनीहरुले क्षणिक पैसा कमाउन आफ्नो जिस्म फरोसीको धन्दा टिकटोकमै चलाएको भन्न सकिन्छ । मिथिला र मधेशको सँस्कृतिमा यो गने छुट कसैलाई छैन् । 

जो आफनो सँस्कार, सँस्कृति बेच्न सक्छ उसले सबै थोक बेचिसकेको हो भनेर भन्न सकिन्छ । सँस्कर र सँस्कृतिले कसैको अस्त्वि हुन्छ भने उनीहरुको कुनै अस्तित्व छैनन् । उनीहरु चमरी बेचेर दमरी कमाउन व्यस्त छन् । 

टिकटकले शिक्षा स्तर चौपट्टः
टिकटककै कारण भारतमा शिक्षास्तर खस्किन थालेपछि भारत सरकारले तुरुन्तै टिकटक एप बैन गरिदियो । टिकटक चलेको बेलाको शैक्षिक स्तर र टिकटक बन्दपछिको शैक्षिकस्तरको आँकडामा धेरै फरक पाईयो । 

सोही टिकटकको कारण आज सँघीय नेपालको मधेश प्रदेश निरक्षर अर्थात साक्षरता नभएको प्रदेशको सूचिमा सूचिकृत भएको छ । यसअघि नेपालमै साक्षरता नभएको र शिक्षास्तर सबभन्दा कम भनिएको रौतहट जिल्ला मात्र थिए, अहिले मधेश प्रदेशको ८ वटा जिल्ला साक्षरताको सूचिमा परेनन् । 

त्यसको मुख्य कारण टिकटोक नै हो भनेर भन्न कुनै सँकोच हुँदैन् । टिकटकमा आउने सुविधाको दुरुपयोगप्रति अहिलेका ७ बर्षदेखि २५ बर्षसम्मका विद्यार्थीहरुले पढाई लेखाई छाडेर दिनभरि टिकटोक भिडियो बनाउन व्यस्त देखिन्छन् । जसको कारण शिक्षाको स्तर एकदमै खस्किएको तथ्याँक ताजै छ । 

अझै यसलाई नियन्त्रण गर्न सकिएन भने भोलीको दिनमा अभिभावकले छोरी पढाउन शहर पठाउँदैनन् । यो लेखेर राख्नुस्, गाउँस्तरमै ईन्टरनेटको सुविधाले ती नचनियाँहरुलाई देखेर उनीहरुले सोही जीवनशैली अपनाउन थाल्दा शिक्षा धारासाही बनेको छ । र सबैको कारण भनेको एउटै हो– टिकटक

सनातन हिन्दु धर्ममा मात्र होईन ईस्लाम धर्ममा पनि यसलाई अपराध मानिएको छ । एक हिन्दु धर्मकी नारीले यसरी कपडा उतारेर कामुक कुरा गर्नु कतई स्हय छैनन् । उनीहरुले गर्दैछन् हामीलाई के मतलब ? भनेर सोँचले आज धर्म सँकटमा परेको छ । 

हामीले बोल्नुपर्छ अब, टिकटोकमा यस्ता गतिविधि गर्ने, नाँगो नाच नाच्ने त्यस्ता कुपात्रहरुको अभिभावकलाई भेँटौँ, गुनासो गरौँ, उनीहरुको हर्कतको बारेमा खुलेर भनौँ, तैपनि मानेन भने समाजिक बहिष्कार एकदम जरुरी छ । 


नोटः टिकटोकमा देखिएको गतिविधि र शिक्षाको वर्तमान तथ्याँकलाई दृष्टिगत गरी लेख लेखिएको छ । 


 

  • 3%
  • 2%
  • 0%
  • 0%
  • 0%
  • 0%

सनि देओलको फिल्म गदर सिनेमा हलमा पुनः रिलिज गरिदैँ, अगस्तमा गदर–२ आउँदै 

  • २०७९ असार ३२ शनिबार

एजेन्सी । हिन्दी सिने जगतमा इतिहास कायम गरेको सनि दिओल अभिनित फिल्म गदर पुनः रिलिज गरिने भएको छ । सन् २००१ मै रिलिज भएको गदर फिल्म सिनेमा हलमा पुनः २२

पूरा पढ्नुहोस्

Bureau Menus