मधेश प्रदेशमा पौने २ अर्ब भुक्तानी हुन बाँकी 

२०७९ श्रावण ५ बिहीबार
बिहान ०९:४२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशमा गत आर्थिक वर्षमै काम सम्पन्न भएको भनिएका पौने २ अर्व रकम भुक्तानी हुन बाँकी रहेको छ ।

आर्थिक वर्ष ०७८/७९ मा काम सम्पन्न भएको भनिएका मध्ये १ अर्ब ७५ करोड ३ लाख ६ हजार ५ सय ३८ रुपैयाँ भुक्तानी हुन बाँकी रहेको अर्थ मन्त्रालयले जनाएको छ । कर्मचारी अभाव र सर्भर डाउनका कारण सो रकम भुक्तानी हुन नसकेको प्रदेश सरकारको भनाई छ । 

भुक्तानी हुन नसकेको रकम सरकारले चालु आर्थिक वर्षको बजेटबाट दिने गृहकार्य शुरु गरेको अर्थ सचिव गजेन्द्र कुमार ठाकुरले बताए । 

उनका अनुसार सरकारले चालु आर्थिक वर्षको बजेटमा विविध शीर्षकबाट भुक्तानी दिने छन् । असार ३२ गते संसदमा भुक्तानी बारे सांसदहरुले आवाज उठाएपछि सभामुख सरोजकुमार यादवले भुक्तानी हुन बाँकी रहेको रकम बारे विवरण प्रदेशसभामा बुझाउन अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहलाई निर्देशन दिएका थिए । 

मन्त्रालयले भुक्तानी हुन बाँकी रहेका सबै निकायबाट विवरण मगाई मंगलबार सभामा पेश गरिसकेको छ ।

 संसदले अनुमोदन गरेपछि अर्थ मन्त्रालय र प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयलाई अनुमोदन भएको आदेश पठाएपछि भुक्तानी हुने उनले बताए । संसदबाट अनुमोदन भएको आदेश आउने बित्तिकै भुक्तानी हुन थाल्ने उनले जनाए ।

चालु महिनाको अन्तिम साता वा भदौ पहिलो साता सम्म सबै भुक्तानी भइसक्ने उनको दाबी छ । ‘यसमा कानूनी जटिलता नआउनु पर्ने हो’ उनले भने, किनभने भुक्तानीका लागि संसदबाट पारित भएर आएको हुन्छ ।

 उनले भने, ‘संसदले नै भुक्तानी दिनुपर्ने कुरा उठान गरेको छ । संसद सार्वभौम हुन्छ, त्यसकारण पारित भएपछि समस्या आउदैन् ।’ 

आएकै बजेटबाट भुक्तानी दिइने भएकाले समस्या नआउने उनको तर्क छ । अर्थ मन्त्रालयलाई सभामुख यादवले भुक्तानी गर्न असहयोग गर्ने कर्मचारीलाई कारवाही, भुक्तानी गर्न मिल्ने कानून र बक्यौता रकम यकिन गरी पठाउन रुलिंग गरेका छन् ।


जनकपुरटुडेमा समाचार छ । 


  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

राज्यमन्त्री यादवलाई डा. राउतको करारा जवाफ 

  • २०७९ श्रावण ५ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका भूमि सुधार तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवलाई जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले करारा जवाफ दिएका छन् ।  देशको राजधानी काठमान्डौँमा उखुँ किसानहरुले

पूरा पढ्नुहोस्

Bureau Menus