समाजिक सँजालमा ट्रोल भए मुख्यमन्त्री राउत, फिल्म 'मुस्कान' बाट मन्त्री यादवको 'ब्याकअफ'

२०७९ श्रावण १० मंगलबार
दिउसो ४:५३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । वीरगँजकी एसिड पीडित मुस्कान खातुनको जीवनमा आधारित बन्ने भनिएको फिल्म 'मुस्कान' बाट नेपाल सरकारको वनमन्त्री ब्याक भएका छन् । 

सोमबार न्यूज ब्यूरोमा मधेशका मुख्यमन्त्री मो. लालबाबु राउत गद्दी र नेपाल सरकारको वन तथा वातावरण मन्त्री प्रदीप यादवले मुस्कानको जीवनीमा बन्ने फिल्म मुस्कानमा अभिनय गर्ने समाचार प्रकाशन गरेपछि समाजिक सँजालमा ट्रोल भएका थिए । 

समाजिक सँजालमा ट्रोल भएपनि तेजाब आक्रमणमा परेकी वीरगञ्जकी मुस्कान खातुनको जीवन कथामा आधारित फिल्म ‘मुस्कान’ मा वन तथा वातावरण मन्त्री प्रदीप यादवले अभिनय नगर्ने स्पष्ट पारेका छन् । 

रमित ढुंगानाको निर्देशनमा बन्न लागेको फिल्म ‘मुस्कान’ का लागि आफ्नो समय नमिल्ने भएकाले आफुले अभिनयन नगर्ने मन्त्री यादवले सामाजिक सञ्जालमार्फत स्पष्ट पारेका हुन् । 

पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, मन्त्री प्रदीप यादव लगायतले अभिनय गर्ने भनेर छलफल भएको भएपनि मन्त्रालयको जिम्मेवारी र कार्य व्यस्तताका कारण समय नमिल्ने मन्त्री यादवले बताएका छन् । 

‘देश र जनताको विकास र वन तथा वातावरण मन्त्रीको नाताले वन जङ्गल र वन्यजन्तुको संरक्षण एवम् संवर्द्धनका लागि गर्नुपर्ने धेरै कामको कार्य व्यवस्तताका कारण फिल्मको छायांकनका लागि समय नमिल्ने स्पष्ट पार्न चाहन्छु’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन् । 

‘एसिड पीडित मुस्कान खातुन बहिनीको जीवन कथामा आधारित फिल्मसँगै उनको उज्ज्वल भविष्यसँग जोडिएका अन्य हरेक सामाजिक कार्यप्रति मेरो समर्थन रहनेछ’, उनले अगाडि भनेका छन् ।

यसअघि मुस्कान फिल्मको लागि मन्त्री यादवले सुटिँगको लागि तीन दिन समय मिलाउने भनेका थिए । समाचार माध्यमहरुमा समाचार प्रकाशित भएपछि उनी सो फिल्ममा काम नगर्ने निधो जनाएका छन् । 

यता, मधेश प्रदेशका मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले भने सो फिल्ममा अभिनय गर्ने भएका छन् । मन्त्री यादव ब्याक भएपनि मुख्यमन्त्री राउतले फिल्मप्रति कुनै नयाँ प्रतिक्रिया दिएका छैनन् । 

एसिड पीडित मुस्कान खातुनको जीवनलाई मात्र समेटेर फिल्म बनाउन लागिएको भन्दै समाजिक सँजालमा मुस्कान जस्तै दर्जनौ एसिड पीडितहरु रहेकोले उनीहरुलाई बायकट्ट गरी मात्र मुस्कानलाई छनौट गरेको भन्दै भेदभावको आरोप लगाइएको छ । 

जनकपुर लगायत देशभरिमा दर्जनौ एसिड सर्भाइभरहरु छन् । उनीहरुको कुनै चर्चा नै नगरी मात्र मुस्कान खातुनलाई समेटेर फिल्म बनाउने समाचारपछि मुख्यमन्त्री राउत र मन्त्री यादव ट्रोल भएका थिए ।

ज्ञातव्य छ, एसिड पीडितहरु मध्ये प्रदेश सरकारबाट सबभन्दा बढी रकमको सहयोग मुस्कान खातुनले मात्र पाएकी हुन् । जनकपुरमै केही बर्ष अगाडी भएको एसिडको घटनाकी शिकार भएकी आरती साहले समेत मुस्कान खातुन जस्तै सहयोगको अपेक्षा गरेपनि लालबाबु राउत सरकारले उनलाई हेर्न चाहेनन् । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मधेशका मुख्यमन्त्री यादवले चौथो पटक पाए विश्वासको मत

  • २०७९ श्रावण १० मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले चौथो पटक विश्वासको मत प्राप्त गरेका छन् । बुधबार बसेको प्रदेश सभाको बैठकमा उपस्थित कुल सांसद ६१ जनामध्ये मुख्यमन्त्री सरोज कुमार

पूरा पढ्नुहोस्

Bureau Menus