भारतीय एसएसबीमाथि सशस्त्र प्रहरीको शानदार जीत

२०७९ श्रावण १३ शुक्रबार
बिहान ०९:०१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा । नेपालको तर्फबाट सशस्त्र प्रहरी बल सिरहा र भारतको तर्फबाट भारतीय एसएसबीबीच भएको मैत्रीपूर्ण भलिवल प्रतियोगितामा सशस्त्र प्रहरीले शानदार प्रदर्शन गरेका छन् । 

सशस्त्र प्रहरी बल माडर खैरटोका र सिमा सुरक्षा बल भारत अरहा बिच भएको मैत्रीपुर्ण भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बलको सानदार जित हासिल गरेका छन ।

नेपाल भारत सिमा माडरको २ नं. ढाठ  दशगाजामा भएको दुई देश विचको मैत्रीपुर्ण भलिबल प्रतियोगितामा ३ र २ सेटमा जिते ।

उक्त मैत्रीपुर्ण भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बल खैरटोका सशस्त्र प्रहरी निरिक्षक लोकनाथ उप्रेतीको कमान्डमा १५ जना र सिमा सुरक्षा बल भारत अरहा एसएसबी निरीक्षक कुलदिप सिंहको कमाण्डमा २० जना मैत्रीपुर्ण भलिबल प्रतियोगितामा सहभागि रहेको थियो ।

मैत्रीपुर्ण भलिबल प्रतियोगिताले दुई देशका प्रशासन बीचको सम्बन्ध अझै प्रगाढ हुनुको साथै खेल प्रतिको रुचि झन बढने र प्रहरीमा हौसला बढने सशस्त्र प्रहरी निरिक्षक लोकनाथ उप्रेतीले बताए ।

साथै, यस्ता दुई देशबिच समय समयमा मैत्रीपुर्ण प्रतियोगिता खेल भईरहदा दुबै देश विचको सम्वन्ध झन नजिक हुने भन्दै मैत्रीपुर्ण भलिबल प्रतियोगिता गराउन पहल गरेका सशस्त्र प्रहरी बल माडर खैरटोका स.प्र. नि लोकनाथ उप्रेतीलाई प्रहरी उपरिक्षक रमेश थापाले धन्यवाद दिएका हुन् ।

  • 25%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

  • २०७९ श्रावण १३ शुक्रबार

Bureau Menus