जसपाबाट धनुषा निर्वाचन क्षेत्र नं. २ (क) बाट पशुपतिको चर्चा 

२०७९ श्रावण १४ शनिबार
बेलुकी ५:३८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । आगामी मँसिरमा हुने तरखरमा रहेको प्रतिनीधिसभाको चुनावमा धनुषा निर्वाचन क्षेत्र नम्बर २ (क) बाट जसपाका जिल्ला अध्यक्ष पशुपति यादवको चर्चा चुलिएको छ । 

धनुषा निर्वाचन क्षेत्र नम्बर २ (क) बाट उनलाई पार्टीको शिर्ष नेतृत्वको नेताहरुले टिकट दिने लगभग पक्कापक्की गरेको बुझिएको छ । 

धनुषा निर्वाचन क्षेत्र नं. २ (क) क्षेत्रका स्थानीय नेता, जिल्लास्तरीय नेतासहित आम जनताहरुले समेत क्षेत्रमा सक्रिय नेतृत्व खोजिरहेको अवस्थामा पशुपति यादवलाई विकल्पको रुपमा माग गर्न थालिएको छ । 

न्यूज ब्यूरोसँगको संक्षिप्त कुराकानीमा जिल्ला अध्यक्ष यादवले अहिले पक्कापक्की भइनसकेको बताए । उनले आगामी मँसिरमा हुने भनिएको प्रतिनीधिसभा, प्रदेश सभा चुनावमा धनुषा निर्वाचन क्षेत्र नम्बर २ (क) बाट आफू बलियो उम्मेदवारको रुपमा प्रस्तुत हुने बताए । 

जनता समाजवादी पार्टीबाट जिल्लामा अन्य नेतृत्वहरु भन्दा सबभन्दा अधिक सक्रिय देखिएका पशुपति यादवले सो क्षेत्रको कमान सम्हाल्न जनताले नै उत्प्रेरित गर्न थालेको बताए । उनले जनताको भावना बमोजिम काम गर्नको लागि जनताको माग बमोजिम नेतृत्व गर्न पनि आतुर रहेको बताए । 

स्थानीय तहको चुनावमा जिल्ला अध्यक्ष यादवले मोटो मत ल्याए । धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ (क) मा जनकनन्दिनी गाउँपालिक, कमला नगरपालिका, विदेह नगरपालिका र शहिदनगर नगरपालिका पर्दछ । 

अहिले सो क्षेत्रबाट शैलेन्द्र यादव निर्वाचित प्रदेश साँसद छन् । सो क्षेत्रबाट जितेपछि उनले जनतालाई मुख भने देखाएनन् । पशुपति यादव सो क्षेत्रमा सक्रिय नेताको रुपमा चिनिन्छन् । 

  • 13%
  • 27%
  • 20%
  • 27%
  • 0%
  • 13%

TikTok मा सुँगुरको मासु खाँदै गरेको भिडियो राख्ने एक टिकटोकियालाई ५ बर्षको जेल सजाय

  • २०७९ श्रावण १४ शनिबार

एजेन्सी ।  टिकटकमा सुँगुरको मासु खाएको भिडिओ अपलोड गरेपछि एक युवतीलाई पाँच वर्षको जेल सजाय हुनसक्ने भएको छ । इन्डोनेसियाकी ३२ वर्षीया टिकटक इन्फ्लुएन्सर लिना मुखर्जीले टिकटकमा सुँगुरको मासु खाएको

पूरा पढ्नुहोस्

Bureau Menus