
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरक्षेत्रस्थित एक होटलमा यौनधन्दा सँचालन रहेको पाईएको छ ।
जनकपुरधाम क्षेत्र भनिएको धनुषाको ढल्केवरस्थित सँचालनमा रहेको शुभ मिथिला होटल एण्ड गेष्ट हाउसमा यौन धन्दा चलाइरहेको पर्दाफास भएको छ ।
सोमबार एक अवैद्य जोडी होटलबाटै समातिएपछि सो होटलमा नियमित यौनधन्दा सँचालनमा रहेको स्थानीयहरुले बताएका छन् ।
सोमबार दिउँसो अवैध यौन क्रियाकलापमा संलग्न रहेको आरोपमा एक जना ओभरसियरसहित दुई जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
धनुषाको मिथिला नगरपालिकामा ओभरसियर पदमा कार्यरत एक कर्मचारीसँगै एक जना युवतीलाई अवैध यौन क्रियाकलापमा संलग्न रहेको आरोपमा ईलाका प्रहरी कार्यालय ढल्केवरले सोमबार पक्राउ गरेको हो ।
उनीहरुलाई पूर्व–पश्चिम राजमार्गअन्तर्गत मिथिला नगरपालिका वडा नम्बर ३ स्थित मधु आयल निगम नजिकै रहेको शुभ मिथिला होटल एण्ड गेष्ट हाउसबाट प्रहरीले पक्राउ गरेको बताइएको छ ।
स्रोतको अनुसार अविवाहित कर्मचारीले एक अपरिचित युवतीलाई लिएर गेष्ट हाउस प्रवेश गरी यौन क्रियाकलापमा गरिरहेकै अवस्थामा स्थानीय युवाहरुले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएको थियो ।
पक्राउ परेका कर्मचारी र उक्त युवती चिनजानको साथी भएको र समहमतीमै गेष्ट हाउस प्रवेश गरेकाले उनीहरुको अभिभावक बोलाएर जिम्मा लगाउने इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
होटल सँचालकले बिना परिचय खुल्ने गरी ग्राहकलाई कोठा दिएको भन्दै स्थानीयहरुले होटल सँचालक नै यौनधन्दामा सँलग्न रहेको आरोप लगाएका छन् । अपरिचित व्यक्तिले बिना आईडी कार्डको कोठा लिँदा चेकजाँच गरी जान दिनुपर्ने प्रावधान रहेपछि होटल सँचालकले सो नगरेको भन्दै उनको सँलग्नतामै यस्तो हुने गरेको बताइएको छ ।
राजमार्गमा सँचालनमा रहेको सो होटलमा यस्ता क्रियाकलाप नियमित हुँदै आएको आरोप स्थानीयहरुले लगाएका छन् ।
जनमत पार्टीबाट निर्वाचित वडाध्यक्ष यादवले वडाभरि निगरानी गर्न विभिन्न ठाउँमा लगाए सिसिटिभी क्यामेरा
- २०७९ श्रावण २३ सोमबार
न्यूज ब्यूरो, सिरहा । डा. सिके राउत नेतृत्वको जनमत पार्टीबाट निर्वाचित एक वडाध्यक्षले वडाको विभिन्न ठाउँमा सिसिटिभी क्यामेरा लगाएका छन् । सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नं. ९ मा जनमत पार्टीबाट
पूरा पढ्नुहोस्