नितिश कुमारले दिए मुख्यमन्त्री पदबाट राजीनामा, तेजस्वी यादव उपमुख्यमन्त्री बन्ने 

२०७९ श्रावण २४ मंगलबार
बेलुकी ६:५७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । छिमेकी मुलुक भारतको बिहार राज्यको मुख्यमन्त्री रहेका नितिश कुमारले आफ्नो पदबाट राजीनामा दिएका छन् । 

जनता दल (युनाइटेड) का नेता समेत रहेका नीतिश कुमारले मँगलबार बिहार राज्यपाल फागू चौहानसँग भेट गरी राजीनामा दिएका छन् । 

उनले राष्ट्रिय जनतान्त्रिक गठबन्धन (राजग) सरकारको मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् । यसपछि नीतिशि कुमारले सीधा आरजेडी नेतृ राबडी देवीको आवास पुगेको भारतीय सँचारमाध्यमहरुले जनाएका छन् । 

सो क्रममा आरजेडीका नेता तेजस्वी यादव पनि उपस्थित थिए । त्यहाँ बैठकपछि नीतिश कुमार र तेजस्वी पैदल नै अणे मार्ग पुगे । महागठबन्धन (आरजेडी, काँग्रेस र बाम दलहरु) मा समावेश नेताहरु समेत उपस्थित थिए । बैठकबाट नीतिश कुमारलाई महागठबन्धनको नेता चुनिएको हो । 

यसपछि एउटै गाडीमा सवार भएर नितिश कुमार र तेजस्वी यादव ललल सिँहसँगै राजभवन पुगेर सरकार बनाउने दाबी पेश गरे । 

तेजस्वी यादवले नयाँ सरकारमा उपमुख्यमन्त्री बन्ने भएको छ । नीतिश कुमारले १६४ विद्यायकको समर्थनसहितको चिठ्ठी राज्यपाललाई सुम्पेको छ । जसमा जेडियु ४५, आरजेडी ७९, काँग्रेस १९ र अन्य विद्यायकहरुमा २१ जना विद्यायकको नाम समावेश छ । 

आरजेडी सुत्रको अनुसार, बैठकमा जद (यू) नेता नीतिश कुमारले तेजस्वी यादवसँग २०१७ मा भएको पुरानो कुरालाई बिर्सिदिन आग्रह गर्दै नयाँ अध्याय सुरु गर्न भनेका थिए । 

यता, नीतिश कुमारले बिजेपीसँग काम गर्न मुस्लिक भइरहेको भन्दै भारतीय जनता पार्टीसँगको गठबन्धन ब्रेक गरेको बताइएको छ । 
 

  • 70%
  • 20%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरः महन्थ झा र उनको श्रीमतिसँग दोहोरो नागरिकता, मन्दिरको करोडौँको जमिन स्वाहा

  • २०७९ श्रावण २४ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  श्रीमती, छोराछोरी समेत राखेर महन्त बनेका एक जना साधुले जनकपुरधामको अत्यन्त महँगो मानिने ८ बिघा जमिन बेचेको आरोप लागेको छ । सपरिवार नै भारतको नागरिक रहेका रामकिशोर

पूरा पढ्नुहोस्

Bureau Menus