नीतिश कुमार ८ औँ पटक बने बिहारको मुख्यमन्त्री, लालु यादवका छोरा बने उपमुख्यमन्त्री 

२०७९ श्रावण २५ बुधबार
दिउसो ३:४७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । छिमेकी मुलुक भारतको बिहार राज्यको मुख्यमन्त्रीको रुपमा पुनः नितिश कुमारले सपथ लिएका छन् । 

जदयूको नेता नीतिश कुमारले बुधबार विहारको मुख्यमन्त्रीको पदको सपथ लिएका छन् । यसको साथै, राजद नेता र लालु प्रसाद यादवका छोरा तेजस्वी यादवले दोस्रो पटक उपमुख्यमन्त्रीको सपथ लिएका छन् । 

राज्यपाल फागू चौहानले राज्य भवनमा दुवै नेतालाई पद तथा गोपनियताको सपथ खुवाएका छन् । सपथ लिएपछि तेजस्वी यादवले नीतिश कुमारको खुट्टा ढोगेर आशिर्वाद समेत लिए । 

२२ बर्षमा यो ८ औँ पटक छ की नितिश कुमार विहारको मुख्यमन्त्री बनेका छन् । उनी २००७ सालमा सबभन्दा पहिले मात्र ७ दिनको लागि मुख्यमन्त्री बनेका थिए । 

सपथ ग्रहणको क्रममा लालु प्रसाद यादवकी श्रीमति राबडी देवी र तेजस्वी यादवकी श्रीमतिसमेत उनका परिवारजन राजभवनमा उपस्थित रहेका थिए । यद्यपी, लालुप्रसाद यादव दिल्लीमा भएको कारण सपथ ग्रहण कार्यक्रममा उपस्थित हुन सकेनन् । 

सपथ ग्रहण गर्नुभन्दा अघि नितिश कुमारले लालु प्रसाद यादवलाई फोन गरी बिहारको राजनीतिक सरगर्मीको बारेमा जानकाी दिएका थिए । सो क्रममा लालु प्रसाद यादवले उनलाई बधाई दिँदै फैसलाको स्वागत गरेका थिए । 

नीतिश कुमारले मँगलबार नै बिजेपी नेतासँग आफ्नो सम्बन्ध तोडेर महागठबन्धनको साथ जाने फैसला गरेका थिए । महागठबन्धनमा यसपाली ७ पार्टीहरु समावेश छन् । बिहारमा २४३ विद्यानसभा सिट रहेको छ । अर्थात्, बहुमतको लागि १२२ सिटको जरुरी हुन्छ । नीतिश कुमारले १६४ विद्यायकको समर्थनको दाबा गरेका थिए । 

बिहारमा गृहमन्त्रालय नितिश कुमारसँगै हुने बताइएको छ । गृह मन्त्रालयले नीतिश कुमार आफूसँग राख्ने निर्णय गरेको हो । 


 

  • 0%
  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%

मधेशका मुख्यमन्त्री यादव किसानको लागि 'बेबफा'

  • २०७९ श्रावण २५ बुधबार

सम्पादकीय | सधैँ चेपुवामा रहँदै आएका मधेश प्रदेशका किसानहरु यसपाली पनि खेतीकै बेला चेपुवामा पर्ने सँकेत भएको छ । मधेश प्रदेशमा यसपाली असार १ गतेदेखि किसानहरुले मन बमोजिम ईच्छा अनुसार

पूरा पढ्नुहोस्

Bureau Menus