देश चलाउन युवा नेतृत्वको जरुरी छ, युवाहरु जाँगरका साथ नेतृत्व लिनुपर्छः अध्यक्ष यादव 

२०७९ श्रावण २८ शनिबार
बिहान ०७:५४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । शुक्रबार नेपालसहित विश्वभर मनाइएको युवा दिवस धनुषाको कमला नगरपालिकास्थित कमला युवा सँजालले समेत मनाएको छ । 

शुक्रबार साँझ कमला नगरपालिकाको परिक्षेत्रभित्र दीप प्रज्वलन गरी कमला युवा सँजालले अन्तराष्ट्रिय युवा दिवस मनाए । 

कमला युवा सँजाल गठन भएपछि निरन्तर प्रत्येक बर्ष अन्तराष्ट्रिय तिथि अगष्ट १२ को अन्तराष्ट्रिय युवा दिवस मनाउँदै आएका कमला युवा सँजालले यसपाली विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सहभागीता गराई दिवस मनाएका छन् । 

सो कार्यक्रमलाई अध्यक्षता गरी सम्बोधन गर्दै कमला युवा सँजालका अध्यक्ष बिमलेस यादवले देशमा युवा नेतृत्वतर्फ परिणत हुँदै गएको बताए । उनले देशमा नेतृत्वकर्ता युवाको हातमा दिनुपर्ने दिन आएको बताए । 

गत स्थानीय तहको चुनावमा आएको मतपरिणाम अनुसार जनताले समेत युवाको नेतृत्व खोज्न थालेको बताउँदै हरेक क्षेत्रमा युवाको नेतृत्व आत्मसात गर्नुपर्ने धारणा बनाउनुपर्ने बताए । 

सोही क्रममा कमला युवा सँजालका सचिव चन्द्रदीप यादवले व्यक्ति, परिवार, समुदाय, राष्ट्र अनि सिङ्गो विश्वकै विकासमा युवाहरूको भूमिकाको महत्वलाई दर्शाउन चेतना स्वरुप पनि अन्तराष्ट्रिय युवा दिवसलाई निरन्तरता दिनुपर्ने बताए । 

युवाको नेतृत्व र साकारात्मक परिवर्तनको लागि युवाहरुलाई सकारात्मक दिशातर्फ लैजान युवा सहभागितालाई थप सक्रिय पार्न पनि यो दिवस अपरिहार्य रहेको बताए । 

स्थानीय सरकारमा युवाको नेतृत्वमा मात्र नभई केन्द्र सरकारमा समेत ६० कटेका वृद्धहरुलाई छेउ लगाउने दिन आएको बताए । उनले युवा नेतृत्व लिए मात्र देशको कायापलट हुने बताए । 

सो क्रममा ईलाका प्रहरी कार्यालय खजुरी मातहतको प्रहरी चौकी माचि झिटकैयाका ईन्चार्ज दशरथ यादवले समाज परिवर्तनमा युवाहरुको भूमिका अपरिहार्य रहेको बताए । 

समुदाय प्रहरी साँझेदारी कार्यक्रममा पनि युवाहरुको भूमिका प्रशँसनीय रहेको बताए । समाजमा हुने गरेको अपराधिक गतिविधिलाई न्यूनिकरण गर्न नेपाल प्रहरीसँग हातोमालो गरी युवाहरुले नयाँ समाजको निर्माण गर्नुपर्ने बताए । 

सो कार्यक्रममा कमला युवा संजालका सदस्य किशोरी यादव ,गणेश मण्डल ,संजित यादवलगाइत प्रहरी चौकी माचीका इन्चार्जको समेत उपस्थितिमा कार्यक्रम भएको थिए।


  • 33%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

१० हजारबाट सुरु गरेको बजरंग बचत तथा ऋण सहकारी संस्था लाखौँको कारोबारमा पुग्योः अध्यक्ष साह

  • २०७९ श्रावण २८ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिला विहारी नगरपालिका ५ ललियाको श्री बजरंग बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औ साधारण सभा विधिवत रुपमा सम्पन्न भएको छ । सँस्थाका अध्यक्ष सुरेन्द्र

पूरा पढ्नुहोस्

Bureau Menus